३० श्रावण २०८३, शनिबार
,
Latest
ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला र दलितलाई बेग्लै निर्वाचन क्षेत्र निर्धारण गर्न जनमोर्चाको प्रस्ताव



अ+ अ-

काठमाडौँ। राष्ट्रिय जनमोर्चाले संविधान संशोधन बहसका लागि महिला र दलित समुदायलाई छुट्टै निर्वाचन क्षेत्र निर्धारण गर्न अवधारणापत्र तयार गरेको छ ।

सो पार्टी निटकको अखिल नेपाल महिला सङ्घ तथा जातीय समता समाज केन्द्रीय समितिको संयुक्त आयोजनामा आज यहाँ भएको अन्तरक्रियामा पार्टीका महासचिव मनोज भट्टद्वारा प्रस्तुत अवधारणापत्रमा महिला र दलित समुदायलाई छुट्टै निर्वाचन क्षेत्र निर्धारण गर्न प्रस्ताव गरिएको हो ।

नेपाल सरकारले संविधान संशोधनका लागि बहसपत्र निर्माण कार्यदल गठन गरेको सन्दर्भमा विद्यमान प्रत्यक्ष र समानुपातिक गरी मिश्रित प्रकारको निर्वाचन प्रणालीको कायम राख्न तथा महिला र दलित समुदायका लागि छुट्टै निर्वाचन क्षेत्र निर्धारण गर्न सो पार्टीको माग रहेको छ ।

नेपालमा दलित र महिलाले जातीय तथा वर्गीयरूपले युगौँदेखि समाज वा राज्य दुवैबाट दोहोरो उत्पीडन व्यहोर्नुपरेको अवस्थामा महिला तथा दलित समुदायलाई छुट्टै निर्वाचन क्षेत्र निर्धारण गर्दा उनीहरूप्रतिको सम्मान र विगतका भोगेका पीडाको क्षतिपूर्ति हुने महासचिव भट्टको भनाइ छ । रासस