११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन



अ+ अ-

काठमाडाैँ । वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपालले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र सुस्ता क्षेत्रमा भइरहेको भारतीय हस्तक्षेपको विरोधमा काठमाडौंको माईतीघरमा प्रदर्शन गरेको छ ।

आईतवार दिउँसो आयोजित उक्त विरोध कार्यक्रममा सहभागीहरूले प्रधानमन्त्रीको भनाइ राष्ट्रहित विपरित भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । केही समयअघि संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले नेपालले पनि कतिपय क्षेत्रमा भारतीय भूमि मिचेको हुनसक्ने आशयको अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।

सोही सन्दर्भलाई लिएर विद्यार्थीले सुस्तामा भइरहेको भारतीय पक्षको ज्यादती र साम्राज्यवादी हस्तक्षेप तत्काल बन्द गर्न माग गरेका हुन् । प्रदर्शनका क्रममा सहभागीहरूले ‘कमजोर राष्ट्रहरूमाथि साम्राज्यवादी हस्तक्षेप बन्द गर’, ‘मलाई बोल्न दे सरकार’, ‘भारतीय साम्राज्यवाद मुर्दावाद’ र ‘विद्यार्थी एकता जिन्दावाद’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए । उनीहरूले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि विद्यार्थी आन्दोलन एक हुनुपर्नेमा जोड दिएका छन् ।