७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टर गोविन्द केसी फेरी अनसन बस्ने



अ+ अ-

काठमाडौं । डाक्टर गोविन्द केसीले कात्तिक १८ गतेदेखि पुनः अनसन बस्ने भएका छन्। सरकारलाई दिएको अल्टिमेटम सकिएसँगै केसीले फेरि अनसन बस्ने भएका हुन्।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै केसीले चिकित्सा शिक्षा सुधारका लागि विभिन्न मागहरुसहित मेडिकल कलेजहरुले अवैध रुपमा अशुलेको रकम फिर्ता गर्न उनले माग गरेका छन्।

कात्तिक ७ गते वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा अवैध रुपमा असुलिएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई कलेज प्रशासनले भाडाका गुण्डाहरु ल्याएर ढुंगा, लाठी र रड प्रयोग गरेको भन्दै केसीले घोर भत्सर्ना गरेका छन्।

विद्यार्थीमाथि आक्रमण हुँदा प्रहरी प्रशासन मौन बसेको भन्दै उनले अपराधीसँग प्रहरी प्रशासनको साँठगाँठ भएको आरोप लगाए। अवैध रुपमा असुलिएको शुल्क फिर्ता नगर्ने सबै मेडिकल कलेजका सञ्चालकहरुलाई तत्काल फौजदारी कसुरअन्तर्गत पक्राउ र कारबाही गर्न केसीले माग गरे।