१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाजाले चेपाङ बालबालिका विद्यालय नियमित



अ+ अ-

चितवन । चितवनको इच्छाकामना गाउँपालिका– ६ मा रहेको देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयको अवस्था हिजो आज बदलिएको छ । कक्षा १ देखि ५ सम्म पढाइ हुने यस विद्यालयमा बालबालिका भरिभराउ हुन्छन् । यहाँ दैनिक ८० देखि १०० सम्म विद्यार्थी विद्यालय आउने गर्छन् ।

गत वर्ष ३५ देखि ४० जनाको हाराहारीमा विद्यार्थी नियमित आउने गरेकामा गत असारदेखि भने नियमित आउने विद्यार्थीको सङ्ख्या बढेको हो । विद्यालयमा खाजाको व्यवस्था भएपछि विद्यार्थी नियमित आउने गरेको विद्यालयका प्रधानाध्यापक ज्ञानु पाण्डेले बताउनुभयो ।उहाँलाई मध्यान्तरमा शिक्षकहरुले खाजा खाँदा बालबालिका भने झ्यालबाट टुलुटुलु हेरेको दृश्य दुःखलाग्दो क्षण बन्थ्यो तर शिक्षकहरुले दैनिक बालबालिकालाई खाजा खुवाउन सक्ने स्थिति पनि थिएन ।

दुई घण्टासम्म हिँडेर विद्यालय आउनुपर्ने तर दिनभर खाजा खान नपाउँदा चेपाङ बालबालिकाहरु अध्ययनरत यस विद्यालयमा विद्यार्थी नियमित हुन सकेका थिएनन् । प्रधानाध्यापक पाण्डेलाई विद्यार्थीलाई कसरी नियमित गराउने भन्नेमा चिन्ताले सताउँथ्यो । उहाँले विद्यालयको दयनीय अवस्थाबारे सँगै क्याम्पस पढेका साथी कृष्ण ठकुरीलाई बताउनुभयो ।

भरतपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक ठकुरीले विद्यालयको अवस्थाबारे अनुगमन गरेपछि चिनजान भएको नारायणगढस्थित लायन्स क्लब अफ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेलाई त्यस विषयमा जानकारी गराउनुभयो । त्यसपछि सहयोग जुट्ने क्रम शुरु भयो ।

अध्यक्ष चुके, रोट्र्याक्ट क्लब अफ भरतपुर, नारायणी मोटर्स नारायणगढ तथा अन्य संस्थाहरुको आर्थिक सहयोगमा विद्यार्थीलाई एक वर्षका लागि खाजाको व्यवस्था गर्ने चाँजोपाँजो मिलाइयो । गत असारदेखि खाजाको व्यवस्था गरिएकाले बालबालिका नियमित विद्यालय आउन थाले । खाजा कार्यक्रम घोषणासँगै उनीहरुले शैक्षिक सामग्री पनि उपलब्ध गराएका थिए ।यस शैक्षिकसत्रमा विद्यालयमा १२० बालबालिका भर्ना भएका छन् । घरदेखि विद्यालयको दूरी टाढा हुनु र गरीबीका कारण चेपाङ बालबालिका नियमित विद्यालय आउन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर चेपाङले बताउनुभयो ।

यहाँका चेपाङ समुदायलाई बिहान–बेलुका छाक टार्नै मुस्किल भएकाले खाजाको व्यवस्था गर्न नसक्दा बालबालिका विद्यालयमा नियमित हुन नसकेको उहाँको भनाइ थियोे । चितवनको एक मात्र उक्त गाउँपालिका भौगोलिक दृष्टिकोणले विकट भएकाले यहाँका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई टिकाउनै मुस्किल पथ्र्यो । सरकारले ल्याएको दिवा खाजा कार्यक्रमले निरन्तरता नपाउँदा विद्यार्थी स्कूल जान पनि छाडेका थिए ।