३० श्रावण २०८३, शनिबार
,
Latest
लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ? काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला



फाइल फोटो
अ+ अ-

मोरङ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेस बलियो भएमा मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ ।

गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेशनद्वारा विराटनगरमा आयोजित  श्रमिकलाई दिने व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी सचेतना तालिमको आज  उद्घाटन  गर्दै नेता डा कोइरालाले पार्टी बलियो भएमा संविधानको कार्यान्वयन र लोकतन्त्र मजबुत हुने धारणा राख्नुभयो ।

नेता डा कोइरालाले पार्टीको विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको तिक्तता हटाउन पार्टीमा बृहत एकता आवश्यक रहेको चर्चा गर्नुभयो । उहाँले  पार्टी सङ्गठित बनाउन आफू एकता अभियानमा लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले सङ्घीय संसद्मा सङ्ख्यात्मक रुपमा कांग्रेस  कमजोर अवस्थामा रहेकाले पार्टीलाई एक ढिक्का बनाएर लैजानुको विकल्प छैन ।”

नेता डा कोइरालाले पार्टीमा के कारणले विवाद आयो, त्यो विषयमा नेतृत्व तहले सबैसँग बसेर वार्ता एवं छलफलबाट समाधान खोज्नु जरुरी रहेको बताउनुभयो । रासस