५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान
अ+ अ-

काठमाडौं — सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत गठित सिफारिस समितिको सचिवालयले शुक्रबार सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार लगानी बोर्डको सीईओ नियुक्तिका लागि सरकार समक्ष सिफारिस गर्न आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ।

सूचनाअनुसार आवेदक नेपाली नागरिक हुनुपर्नेछ। अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास व्यवस्थापन, वित्तीय क्षेत्र वा औद्योगिक व्यवस्थापनमध्ये कुनै क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय तहको अनुभव हासिल गरेको हुनुपर्नेछ।

उम्मेदवारको उमेर आवेदन दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ। विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिएको भए आवेदन दिनुभन्दा कम्तीमा तीन महिना अगाडि त्यस्तो अनुमति त्याग गरेको निस्सा वा स्वघोषणा गर्नुपर्नेछ।

इच्छुक उम्मेदवारले नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता र अनुभव खुल्ने कागजात, बायोडाटा, रणनीतिक तथा कार्ययोजना लगायतका विवरण पेश गर्नुपर्नेछ। रणनीतिक योजनामा नेपालमा लगानीको अवस्था र सम्भावनाको विश्लेषण, लगानी बोर्डको सबल–दुर्बल पक्ष तथा अवसर–चुनौती र लगानी प्रवर्द्धन रणनीति समेट्नुपर्ने सूचनामा उल्लेख छ।

आवेदन सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारस्थित सिफारिस समितिको सचिवालयमा बुझाउनुपर्नेछ।

सरकारले पछिल्लो समय ठूला पूर्वाधार तथा विदेशी लगानी परियोजनालाई गति दिने लक्ष्यसहित लगानी बोर्डको नेतृत्व चयन प्रक्रिया अघि बढाएको हो।