५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

संसदले मन नपरेको खण्डमा प्रधानमन्त्रीलाई पनि फ्याँक्ने अधिकार राख्छः अर्थमन्त्री वाग्ले

संसदले मन नपरेको खण्डमा प्रधानमन्त्रीलाई पनि फ्याँक्ने अधिकार राख्छः अर्थमन्त्री वाग्ले
अ+ अ-

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदले प्रधानमन्त्रीलाई पनि फाल्ने अधिकार राख्ने बताउनुभएको छ ।

शुक्रवार सरकारले पेश गरेको विनियोजन विधेयक २०८३ माथिको छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले सरकारले स्थानीय तहलाई पनि नियन्त्रणमा राख्ने गरी बजेट विनियोजन गरेको भनि टिप्पणी गरेपछि उहाँले संसद सार्वभौम भएकाले यसले मन नपरे प्रधानमन्त्री पनि फ्याँक्ने सक्ने बताउनुभएको हो ।

अर्थमन्त्री वाग्लेले सरकार बनाउने, ढाल्ने अधिकार संसदलाई भएकाले उसले सरकारलाई आवश्यक निर्देशन दिन सक्ने पनि बताउनु भयो । उहाँले बजेट स्थानीय तहलाई प्रत्यायोजन गर्ने संसदीय व्यवस्थाको स्थापित मान्यता भएको जिकिर पनि गर्नुभयो ।

अर्थमन्त्री वाग्लेले भन्नुभयो,‘यो वेष्ट मिनिष्टरियल प्रणालीमा यही नै हो–ओभरल म्यान्डेट संसदले दिन्छ कार्यपालिकालाई । कार्यपालिका अथवा देशको प्रधानमन्त्री नियुक्त गर्ने थलो यही नै हो । त्यसैले यो सावैभौम नै छ । मन नपरेको खण्डमा सरकार नै फाल्न  पाईने अधिकार यही थलोले राख्छ । सम्माननित सदनले राख्छ । सरकार बनाउने, सरकार ढाल्ने तर वेष्ट मिनिष्टिरियल प्रणालीमा अंक गणित बहुमतीय एउटा स्थापित मान्यता छ नै । बजेट प्र्रत्योजननै गर्ने हो ।’

अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयले विभिन्न आयोजनाहरुमा बजेटको अभाव नहोस् भनेर विभिन्न शीर्षकमा केही बजेटहरुको व्यवस्था गरेको पनि बताउनु भयो ।