५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग

चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग
अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सचेतक निश्कल राईले मुलुकका विभिन्न कृषि क्षेत्रमा देखिएका समस्या तथा विकास आयोजनाका कारण उत्पन्न जटिलताप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले विशेषगरी चिया, दुध र सुपारी किसानले भोगिरहेका समस्याहरू तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभयो।

सचेतक राईले पूर्वी नेपालमा वि.सं. २०४१/४२ सालदेखि सुरु भएको व्यावसायिक चिया खेती अहिले संकटमा परेको उल्लेख गर्नुभयो। चिया क्षेत्रका अग्रजहरूको योगदान स्मरण गर्दै उहाँले उद्योगीहरूले समस्या समाधान नभए आगामी असार १ गतेदेखि उद्योग बन्द गरी सरकारलाई साँचो बुझाउने तयारी गरिरहेको जानकारी दिनुभयो।

छिमेकी मुलुकमा नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन ‘जी–टु–जी’ (सरकार–सरकार) माध्यमबाट पहल गर्न र तेस्रो मुलुकमा बजार विस्तारका लागि सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको आग्रह थियो।

त्यसैगरी, दुग्ध किसानले विगत छ महिनादेखि दूधको भुक्तानी नपाएको विषय पनि उहाँले सदनमा उठाउनुभयो। उहाँले भन्नुभयो, “दुग्ध किसानले मूल्य नपाउँदा परिवारको जीविकोपार्जन र बालबालिकाको शिक्षामा गम्भीर असर परेको छ।”

उहाँले सुपारी खेतीलाई कृषि उपजको मान्यता नदिइएको र किसानले उत्पादन गरेको सुपारी ओसारपसारमा समेत समस्या भइरहेको बताउनुभयो। १ केजी सुपारी बोकेर हिँड्दा समेत समस्या भोग्नुपरेको भन्दै उहाँले सुपारीलाई कृषि उपजको मान्यता दिन र सहज वातावरण बनाउन सरकारसँग माग गर्नुभयो।

मेची राजमार्ग विस्तारको सन्दर्भमा बोल्दै सचेतक राईले १५ मिटर फराकिलो बनाउने कार्य अघि आवश्यकताको पहिचान (निड एसेसमेन्ट) गर्नुपर्नेमा जोड दिनुभयो। सवारी चाप घट्दै गएको र वैकल्पिक मार्गहरू उपलब्ध रहेको अवस्थामा वर्षायाममा नागरिकलाई अनावश्यक समस्या हुने गरी राजमार्ग विस्तार गर्न नहुने उहाँको तर्क थियो।

उहाँले किसानका आधारभूत समस्या तथा पूर्वाधार विकासका नाममा देखिएका अन्योलप्रति सरकारलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो।