१२ श्रावण २०८३, मंगलवार
,
Latest
पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सुनसरीमा हट्यो कर्फ्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेतीको समयमा मल अभाव भएको भन्दै सांसद राईद्वारा सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले धनकुटाका किसानले खेतीको समयमा रासायनिक मल नपाएको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद राईले मल अभावका कारण धनकुटाका किसानहरू सरकारसँग निकै रुष्ट रहेको बताउनुभएको हो ।

सांसद राईले धनकुटाका ७ वटा स्थानीय तहका किसानहरू अहिले धान रोप्ने र मकै गोड्ने तयारीमा रहे पनि मल नपाउँदा समस्यामा परेको उल्लेख गर्नुभयो ।

उहाँले सदनको शुन्य र आकस्मिक समयमा पटक–पटक उठाइएका प्रश्नहरूको सरकारले वास्ता नगरेको आरोप लगाउनु भयो । सांसद राईले ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तर्गतको बजेट निकासा नहुँदा गरिब जनता मर्कामा परेको विषय समेत उठाउनु भयो ।

विगतको सरकारले ल्याएको खरको छाना विस्थापित गरी जस्तापाता (टिन) लगाउने योजनाअनुसार सर्वसाधारणले घर बनाए पनि सरकारले दिने भनिएको रकम हालसम्म उपलब्ध नगराएको उहाँको गुनासो थियो ।

उहाँले भन्नुभयो, ‘१ लाख ५० हजारभन्दा बढी जनसंख्या रहेको धनकुटामा किसानहरूले मल खोजिरहेका छन् । जनताको हितमा काम गर्ने वाचा गरेर बनेको सरकारले खेतीको मुख्य समयमा मल उपलब्ध गराउन नसक्नु दुःखद् छ । धनकुटाका जनताले कहिले मल पाउँछन् ? यसको जवाफ सरकारले तत्काल दिनुपर्छ । यदि मल उपलब्ध गराइएन भने यसको परिणाम गम्भीर हुनेछ ।’

विगतको योजनाअनुसार जनताले धमाधम खरको छाना हटाइसकेका छन्, तर टिनको छाना लगाउनका लागि दिने भनिएको पैसा खोइ ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।