१२ श्रावण २०८३, मंगलवार
,
Latest
पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सुनसरीमा हट्यो कर्फ्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

खपत बढाउन उत्पादनमूलक उद्योग आवश्यक छ : परिसंघ अध्यक्ष पाण्डे



अ+ अ-

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष बिरेन्द्रराज पाण्डेले देशमा विद्युत् खपत बढाउन उत्पादनमूलक उद्योगहरूको विस्तार आवश्यक रहेको बताएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २६औँ साधारण सभा तथा ८औँ अधिवेशनमा स्वागत मन्तव्य दिँदै उनले सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै त्यसअनुसार खपत बढाउन औद्योगिक क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए।

“आगामी १० वर्षमा ३० हजार मेगावाट उत्पादन गर्ने लक्ष्य लिइएको छ। त्यसको उपयोगका लागि उत्पादनमूलक उद्योग आवश्यक छन्,” उनले भने।

पाण्डेले विद्युत् व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने सरकारको नीति स्वागतयोग्य रहेको बताए। यसले ऊर्जा क्षेत्रको विकास र लगानी विस्तारमा सकारात्मक योगदान पुग्ने उनको भनाइ थियो।

त्यस्तै, उनले बजेटमार्फत प्रस्ताव गरिएको नेपाल विद्युत प्राधिकरण को पुनर्संरचनाको प्रक्रिया ढिला नगरी अघि बढाउनुपर्ने धारणा राखे। ऊर्जा क्षेत्रलाई थप प्रभावकारी, प्रतिस्पर्धी र व्यवस्थित बनाउन पुनर्संरचना आवश्यक रहेको उनले बताए।