३० श्रावण २०८३, शनिबार
,
Latest
नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित संविधान संशोधन सत्ता परिवर्तनको हतियार बन्नु हुँदैनः नेता साउद लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ? काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेका जनाएको छ ।

त्यसैगरी, एक लाख ४९ हजार ३०९ सदस्यले स्वयम् अद्यावधिक फाराम पेस गरिसकेका छन् । उनीहरूको विवरण वडा सभापतिमार्फत अद्यावधिक हुने प्रक्रियामा छ ।

उक्त पार्टीले केहीबेरअघि जारी गरेको विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न यही जेठ २८ गते राति १२ बजेसम्मको समयसीमा निर्धारण गरिएकामा अर्को सूचना जारी नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढाइएको छ । रासस