काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशन यही जेठ ३० गते हुने भएको छ ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगले आज सूचना जारी गरी यही जेठ २७ गते रोकिएको निर्वाचन जेठ ३० गते हुन लागेको जानकारी दिएको हो ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले मतदाता नामावली प्रमाणीकरण, समायोजन सूचीको व्यवस्थापन, प्राविधिक परीक्षणलगायतका सम्पूर्ण तयारी सम्पन्न भइसकेकाले जेठ ३० गते निर्वाचन हुने जानकारी दिनुभयो ।
विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था गरिएको रास्वपा निर्वाचन आयोगले जनाएको छ । रास्वापाले मतदान गर्नका लागि पार्टीले उपलब्ध गराएको आधिकारिक फोटोसहितको परिचयपत्र र लेभी बुझाएको प्रमाण, तोकिएको समयभित्र मतदान केन्द्रमा उपस्थित हुनुपर्ने जनाएको छ । रासस











