काठमाडौं । प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा ठूला ब्यापारी र गुण्डा नाइके बलेसहित सहित २५ जनालाई पक्राउ गरेको छ । जुवा खालबाट नगद र चेक गरी साढे ५ करोड बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
पक्राउ पर्नेमा व्यापारी श्रवण गाेयल र गुन्डा नाइके बलराम सापकोटा भन्ने बलेसहित २५ जना रहेको महानगरीय प्रहरी वृतले जनाएको छ।
जुवा खालबाट २ कारोड ६७ लाख नगद र ३ करोडको चेक बरामद गरिएको सुवेदीले बताए । महाराजगञ्जस्थित होटल साम्लाको पछाडी रहेको बिक्रम पौडेलको घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुकोबारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।