२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बनेन रानी पोखरीको बालगोपालेश्वर, सर्वसाधारणले मन्दिर प्रवेश नपाउने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भाइटीकाका दिन यहाँको रानी पोखरीमा रहेको मन्दिरको पश्चिम ढोकामा बालगोपालेश्वरको मूर्ति राखी पूजा गर्ने व्यवस्था मिलाएको छ । भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम ६० प्रतिशत मात्रै भएकाले यस वर्ष पनि सर्वसाधारणले मन्दिर प्रवेश गरी दर्शन गर्न पाउने छैनन् ।

यस वर्ष यही १२ गते भाइटीका परेको छ । यसै दिन बिहान ७ बजेदेखि साँझ ७ः३० बजेसम्म दर्शनको व्यवस्था गरिएको प्राधिकरणले जानकारी गरेको छ । विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणमा ढिलाइ हुँदा यस वर्षको तिहारमा पनि बालगोपालेश्वर मन्दिर नखुल्ने भएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरका अनुसार रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण सम्पन्न गरी यो तिहारमा खुला गर्ने तयारीमा रहेको पुनःनिर्माणको ठेक्का सम्झौता ढिला हुँदा सम्भव नभएको हो । हाल मन्दिर वरपर सफाइ र मन्दिर पुनःनिर्माणका लागि आवश्यकपर्ने काठ निर्माण भइरहेका छन् । बाहिरबाट देखिने काम नभए पनि पुनःनिर्माणका लागि आवश्यकपर्ने सामग्री निर्माण भइरहेका छन् ।

मन्दिर पुरानै शैली (ग्रन्थकुट÷शिखर) मा पुनःनिर्माण गर्न गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको दिनदेखि १० महीनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले निर्माण कम्पनी सिएर तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको छ ।

रानीपोखरी पुनःनिर्माणका लागि प्राधिकरणले उपभोक्ता समितिमार्फत रु नौ करोड ९७ लाख बजेट विनियोजन गरेको छ । पोखरी र मन्दिर निर्माणका लागि प्राधिकरणले रु २५ करोड बजेट विनियोजन गरेको छ । चन्द्र शमशेरको पालामा पुनःनिर्माण गर्दा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिनेछ ।