१२ श्रावण २०८३, मंगलवार
,
Latest
मानव बेचबिखनको प्रकृति बदलिँदो छ, सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री एवम् सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले क्रियाशील सदस्यता समयमै अद्यावधिक गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

महामन्त्री पौडेलले आज एक विज्ञप्ति जारी गरी पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद यही जेठ २८ गते राति १२ बजे समाप्त हुन लागेको जनाउँदै छुट भएकालाई अद्यावधिक गर्न आग्रह गर्नुभएको हो ।

उहाँका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल सात लाख ८२ हजार २०९ जना सदस्यमध्ये आजसम्म चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरिसकेका छन्  । यस्तै, एक लाख २४ हजार ७४८ जना सदस्यले अद्यावधिक फारम पेस गरी प्रक्रियामा रहेका उहाँले बताउनुभयो ।

कांग्रेसले पार्टीको आन्तरिक प्रणालीलाई प्रविधिमैत्री बनाउन र वास्तविक सदस्यको तथ्याङ्क एकीकृत गर्न यो अभियान सञ्चालन गरेको हो । रासस