२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपावलीमा विधुतको झट्काले युवकको मृत्यु



अ+ अ-

महोत्तरी । दीपावली पर्वको तयारीमा सावधानी नअपनाइदा एक किशोरको मृत्यु भएको छ । लक्ष्मीपूजाका अवसरमा आइतबार साँझ झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा रामगोपालपुर नगरपालिका–८ टिकुलिया बजारमा प्रवाह भएको विद्युतको झट्काले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२१ निवासी १५ वर्षीय किशोर खगेन्द्र साहको मृत्यु भएको महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टिकुलिया बजारस्थित जयमहाराजा ज्वेलर्स (सुनचाँदी पसल) मा झिलीमिली बत्ती जडान गर्ने क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।उक्त बत्ती जडान गर्ने क्रममा मुख्यपोलको तारबाट प्रवाह भएको विद्युतीय झट्काले साहको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले शवपरीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा पठाएको छ ।