२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन धामीले गरे अनाथ बालबालिकालाई लुगा वितरण



अ+ अ-

भीमदत्तनगर । ब्याडमिन्टनका नेपाल च्याम्पियन दिपेश धामीले गृह जिल्ला कञ्चनपुरमा आइतबार अनाथ बालबालिकालाई न्यायो लुगा वितरण गरेका छन् । दशैँ–तिहारको अवसरमा उनले भीमदत्तनगरपालिका–४ स्थित महाकाली अञ्चल बाल अनाथालयमा आश्रय लिइरहेका ३१ बालबालिकालाई न्यानो लुगा (ट्रयाकसुट) वितरण गरेका हुन् ।

दिपेशका बुबा राष्ट्रिय खेलकूद परिषद्का पूर्वकेन्द्रीय सदस्य हरकसिंह धामीले हाल १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को बन्द प्रशिक्षणमा रहेका छोरा दिपेशले बेसहारा बालबालिकालाई सहयोग गर्न खाजा खर्च कटाएर न्यानो लुगा खरीद गरी अनाथ बालबालिकालाई वितरण गरेको बताए ।