७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन धामीले गरे अनाथ बालबालिकालाई लुगा वितरण



अ+ अ-

भीमदत्तनगर । ब्याडमिन्टनका नेपाल च्याम्पियन दिपेश धामीले गृह जिल्ला कञ्चनपुरमा आइतबार अनाथ बालबालिकालाई न्यायो लुगा वितरण गरेका छन् । दशैँ–तिहारको अवसरमा उनले भीमदत्तनगरपालिका–४ स्थित महाकाली अञ्चल बाल अनाथालयमा आश्रय लिइरहेका ३१ बालबालिकालाई न्यानो लुगा (ट्रयाकसुट) वितरण गरेका हुन् ।

दिपेशका बुबा राष्ट्रिय खेलकूद परिषद्का पूर्वकेन्द्रीय सदस्य हरकसिंह धामीले हाल १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को बन्द प्रशिक्षणमा रहेका छोरा दिपेशले बेसहारा बालबालिकालाई सहयोग गर्न खाजा खर्च कटाएर न्यानो लुगा खरीद गरी अनाथ बालबालिकालाई वितरण गरेको बताए ।