७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिकेन सहुलियत चामल



अ+ अ-

दाङ । चाडपर्वको समयमा सहुलियतमा चामल उपलब्ध गराइए पनि दाङमा भने उल्लेख्यरूपमा चामल बिक्री हुन सकेको छैन । चाडपर्वका समयमा हुनसक्ने कालोबजारी रोक्न तथा सस्तो र सुपथ मूल्यको चालम अनुमान गरिएको भन्दा कम मात्रामा विक्री भएको तुलसीपुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

उक्त लिमिटेडले प्रत्येक वर्ष दशैँ, तिहार तथा छठपर्वको अवसरमा उपभोक्तालाई सहुलियतको चामल उपलब्ध गराउँदै आएकामा यस वर्ष २०० क्विन्टल जिरा मसिनो र २०० क्विन्टल सोना मन्सुली चामल ल्याए पनि अहिलेसम्म दुवै चामल गरी २९ क्विन्टल मात्रै बिक्री भएको छ ।

कार्यालय प्रमुख माधव मिश्रका अनुसार भदौ अन्तिम सातादेखि सहुलियतमा चामल वितरण गर्न शुरु गरिएको र अहिलेसम्म सोना मन्सुली एक क्विन्टल ५० किलो र जिरा मसिनो चामल २६ क्विन्टल ५० किलो मात्रै बिक्री भएको छ ।

गत वर्ष ६०० क्विन्टल चामल ल्याइएकामा सबै बिक्री नभएकाले यस वर्ष ४०० क्विन्टल मात्रै चामल ल्याइएको थियो तर त्यो पनि उल्लेख्यरूपमा बिक्री हुननसकेको उहाँ बताउनुहुन्छ ।

खाद्य संस्थानले जिरा मसिनो चालम न्यूनतम २५ केजी र सोना मन्सुली न्यूनतम ३० केजीका दरले बिक्री गर्दै आएको छ । दुवै प्रकारका चामलमा रु ५०० छुट गरिएको छ । अहिले जिरा मसिनोको बजारमूल्य प्रतिक्विन्टल रु पाँच हजार ६०० पर्ने भए पनि छुटमा रु पाँच हजार १०० मा पाइने प्रमुख मिश्र बताउनुहुन्छ ।

त्यस्तै सोना मन्सुलीको बजार मूल्यप्रति क्विन्टल रु चार हजार ७०० पर्ने भए पनि सहुलियतमा रु चार हजार २०० पर्ने उहाँको भनाइ छ। उपभोक्ताले भने संस्थानले वितरण गर्दै आएको चामल गुणस्तर नभएको गुनासो गर्दै आएकामा प्रमुख मिश्र आफूहरूले गुण्स्तरहीन चामल बिक्री नगरेको बताउनुहुन्छ ।