७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुर्सद निकालेर सरकारले यस्तो काम गर्ने !



अ+ अ-

काठमाडौं । सङ्घीय सरकार र प्रदेश सरकारबाट जिल्लामा परेको योजनाको अनुगमन तथा जनतासँग घरदैलो भेटघाटमा डोल्पाका प्रदेशसभा सदस्य तथा पार्टीका नेताहरुको दिन बितेको छ । राज्यले लगानी गरे पनि सन्तोषजनक प्रतिफल नआएको गुनासो बढेपछि प्रदेशसभा सदस्यहरु गाउँगाउँमा योजना अनुगमनमा गएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रदेश सरकारबाट स्थानीय तहमा दिइएका योजनाहरुको एक–एक गरेर अनुगमन गर्दै मुड्केचुला पुगेर फर्केको प्रदेशसभा सदस्य शाहीले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारले दिएका त्रिपुरासुन्दरी नगरपालिका, जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा निर्माण भएका र हुदै गरेका योजनाहरुको अनुगमन गरिएको हो ।

तिहार पर्वको समयमा पनि फुर्सद निकालेर तीनवटै स्थानीय तहका पदाधिकारीहरुसँग योजनाहरुको विकासको समीक्षा गरिएको शाहीले बताउनुभयो । उहाँका अनुसार अनुगमन गर्दा योजनाहरु सन्तोषजनक रुपमा सम्पन्न भएका र कार्यान्वयनको चरणमा रहेको पाइएको छ । अनुगमन टोलीमा प्रदेशसभा सदस्य शाही, बद्मी क्वारी बोहोरा, नेकपा डोल्पाका इन्चार्ज तथा नेकपा केन्द्रीय सदस्य हंसबहादुर शाहीलगायत संलग्न हुनुहुन्थ्यो ।