७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ नागरिकलाई यस्तो खुसीको खबर ! अबदेखी….



अ+ अ-

तनहुँ । तनहुँको भीमाद नगरपालिका-९ कटनछापका ७५ वर्षीय गुमानसिं थापाले साउन अघि प्रतिमहीना रु दुई हजार भत्ता बुझ्नुहुन्थ्यो । साउनदेखि भने थापाले प्रतिमहीना रु तीन हजारको दरले चार महीनाको एकमुष्ठ रु १२ हजार बुझ्नुभयो । सरकारले साउनदेखि सामाजिक सुरक्षाभत्तामा वृद्धि गरेसँगै थापालगायत ज्येष्ठ नागरिक खुशी भएका छन् ।

“भत्ता बढ्यो भन्ने समाचारमा त सुनेका थियौँ”, उहाँले खुशी हुँदै भन्नुभयो, “अहिले हातमै रकम पाए पछि पक्का भयो ।” सोही वडाको पाथर्दीटोलका ७६ वर्षीया बोमाया राना पनि रु १२ हजार भत्ता बुझ्दा प्रफुल्लित हुनुहुन्थ्यो । “यसअघि मासिक रु दुई हजारको दरले भत्ता बुझ्थेँ, अहिले बढेर रु तीन हजार पुगेछ”, उहाँले भन्नुभयो, “भत्ता वृद्धि भएसँगै दैनिक घरखर्च चलाउन सहज हुने भयो ।”

वडा कार्यालयले गण्डकी विकास बैंक भीमाद शाखाको सहयोगमा वडा कार्यालयबाटै २३७ ज्येष्ठ नागरिकलाई तिहारको पूर्वसन्ध्यामा सामाजिक सुरक्षाभत्तावापतको रकम वितरण गरेको छ । वडाध्यक्ष इमान थापाले कूल लाभग्राही ३६७ मध्ये वडा कार्यालयमार्फत २३७ जनालाई भत्ता वितरण गरिएको जानकारी दिनुभयो । “अन्य लाभग्राही वडाभन्दा बाहिर रहेकाले उनीहरुको रकम बैंकमै पठाइएको छ”, उहाँले भन्नुभयो ।

सरकारले गएको जेठ १५ गते आव २०७६/७७ को बजेटमार्फत वृद्धभत्ता रु तीन हजार तथा एकल महिलाको भत्ता मासिक रु दुई हजार पुर्याएको छ । यसअघि वृद्धभत्ता मासिक रु दुई हजार र एकल महिलालाई रु एक हजार भत्ता दिइँदै आएको थियो । त्यस्तै अशक्त, अपाङ्गता भएका, लोपोन्मुख आदिवासी र जनजातिसमेतलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षाभत्ता पनि रु एक हजार बढाइएको छ ।