१२ श्रावण २०८३, मंगलवार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी



अ+ अ-

काठमाडाैँ । करविद् चन्द्रमणि अधिकारीले सरकारले प्रस्तुत गरेको बजेटमा शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्तावित कर नीतिप्रति असहमति जनाउनुभएको छ ।

नेपाल उद्योग व्यापार महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै चन्द्रमणि अधिकारी ले बजेटमा शिक्षा र स्वास्थ्यसँग सम्बन्धित केही कर प्रावधान उपयुक्त नभएको टिप्पणी गर्नुभयो ।

उहाँका अनुसार शिक्षाको समग्र पुनर्संरचना गर्ने सरकारको लक्ष्य सकारात्मक भए पनि सामुदायिक विद्यालयको गुणस्तर सुधार नगरी निजी विद्यालयमा “समता शुल्क” लगाउने निर्णय व्यवहारिक नहुने देखिन्छ । निजी विद्यालय रोज्ने अभिभावकले अपेक्षा गरेको गुणस्तर सामुदायिक विद्यालयमै सुनिश्चित भएपछि मात्र यस्तो शुल्क लागू गर्नुपर्ने उहाँको धारणा छ ।

अधिकारीले अहिले सामान्य तथा न्यून आय भएका परिवारका बालबालिकासमेत निजी विद्यालयमा अध्ययन गरिरहेको अवस्थामा यस्तो शुल्कले अभिभावकमाथि थप आर्थिक भार पार्ने बताउनुभयो । त्यसको सट्टा सरकारले अन्य वैकल्पिक नीति अपनाउनुपर्ने उहाँको सुझाव छ ।

स्वास्थ्य क्षेत्रमा प्रस्तावित शुल्कबारे पनि उहाँले प्रश्न उठाउनुभयो । स्वास्थ्य सेवा विस्तार र प्रोत्साहन गर्नुपर्ने क्षेत्रमा करमार्फत निरुत्साहन गर्नु सैद्धान्तिक रूपमा उचित नहुने उहाँको भनाइ छ । उहाँले यसलाई चुरोट र बिडीमा लगाइने करसँग तुलना गर्दै यस्तो नीतिले सेवा प्रवद्र्धनभन्दा पनि उपयोग घटाउने प्रभाव पार्न सक्ने उल्लेख गर्नुभयो ।

उहाँले कर निर्धारण गर्दा यसको व्यापक सामाजिक तथा आर्थिक प्रभावलाई ध्यान दिनुपर्ने बताउँदै अमेरिका र भारतका राजनीतिक आन्दोलनहरूमा समेत कर नीतिको भूमिकाबारे उदाहरण प्रस्तुत गर्नुभयो ।

बजेटले मध्यम वर्ग विस्तार गर्ने लक्ष्य लिएको भए पनि निम्न वर्गको आयस्तर उकास्ने स्पष्ट कार्यक्रम पर्याप्त रूपमा नदेखिएको उहाँको टिप्पणी छ । निम्न वर्गलाई माथि उठाएर मध्यम वर्गमा रूपान्तरण गर्ने ठोस योजना आवश्यक रहेको उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बजेटको आकार र पुँजीगत खर्च विनियोजनको दृष्टिले बजेट महत्वाकांक्षी भए पनि कार्यान्वयन प्रभावकारी भए सकारात्मक परिणाम दिन सक्ने उहाँको मूल्यांकन थियो । तर विगतका वर्षझैँ बजेट संशोधनको अवस्था दोहोरिन सक्ने जोखिम पनि उहाँले औंल्याउनुभयो ।

कार्यक्रम नेपाल उद्योग व्यापार महासंघले आयोजना गरेको हो।




भर्खरै