२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा



अ+ अ-

काठमाडाैँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आगामी १० वर्षलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धनको दशक’का रूपमा मनाउने घोषणा गर्नुभएको छ ।

स्वीट्जरल्यान्डको जेनेभामा आयोजित ११४औँ अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को सम्मेलनमा आज सम्बोधन गर्दै उहाँले नारामा मात्र सीमित नभई नेपाली युवाहरूको आकाङ्क्षा पूरा गर्न एक उत्पादनशील र समावेशी श्रमबजार निर्माण गर्ने १० वर्षे कार्ययोजना बनाइएको उल्लेख गर्नुभयो । मन्त्री यादवले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सँगै प्रविधिमा आएको परिवर्तन, जलवायु परिवर्तन र श्रम गतिशीलताका कारण विश्वव्यापी श्रम बजारमा नयाँ चुनौती थपिएको बताउनुभयो ।

उचित योजना नभएमा यी परिवर्तनहरूले असमानता र सीपको खाडल बढाउन सक्ने जोखिम औँल्याउँदै उहाँले मानवीय मर्यादा र सामाजिक न्याय सुनिश्चित गर्न प्रभावकारी त्रिपक्षीय सहयोग र आइएलओको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुभयो । डिजिटल अर्थतन्त्र र युवा स्वरोजगारका लागि नेपालले प्रविधि र नीतिगत सुधारमार्फत स्वदेशमै रोजगारी दिने लक्ष्य राखेको मन्त्री यादवको भनाइ थियो । सरकारले एआई पूर्वाधार, डिजिटल ‘स्टार्टअप’ र ‘रिमोट वर्क’लाई प्रवर्द्धन गर्न लगानी गरिरहेको जानकारी दिनुभयो ।

उहाँले ‘गिग इकोनोमी’ र डिजिटल माध्यमबाट हुने कामका लागि स्पष्ट सम्झौता, डेटा गोपनीयता र व्यावसायिक सुरक्षा सुनिश्चित गर्न अन्तरराष्ट्रिय मापदण्डको आवश्यकता रहेकोसमेत उल्लेख गर्नुभयो । मन्त्री यादवले ‘केयर इकोनोमी’ र कानुनी सुधार नेपालले इतिहासमै पहिलोपटक एकीकृत ‘राष्ट्रिय केयर इकोनोमी नीति’ निर्माण गर्न लागेको जानकारी दिनुभयो ।

यसका साथै श्रम क्षेत्रलाई थप व्यवस्थित बनाउन ‘श्रम निरीक्षण महासन्धि १९४७’ र ‘बाध्यकारी श्रम प्रोटोकल २०१४’ अनुमोदनका लागि सङ्घीय संसद्मा पेस भइसकेको उहाँले बताउनुभयो । आप्रवासी कामदार र आप्रवासी कामदारको हकहितका लागि शून्य सहनशीलता नीति नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्त्री यादवले भर्ना प्रक्रिया, उचित पारिश्रमिक र सुरक्षा सुनिश्चित गर्न सम्पूर्ण आप्रवासन प्रणालीलाई डिजिटल बनाउन लागिएको जानकारी दिनुभयो ।

उहाँले गैरआवासीय नेपाली (डायस्पोरा) र फर्किएका आप्रवासीहरूको सीप, अनुभव र बचतलाई देशको विकासमा जोड्न सरकार प्रतिबद्ध रहेको र उनीहरूको आर्थिक–सामाजिक पुनःएकीकरणलाई प्राथमिकता दिइने बताउनुभयो । मन्त्री यादवले श्रम शोषण र बाध्यकारी श्रममा सरकारको ‘शून्य सहनशीलता’ (जिरो टलरेन्स) नीति रहेको स्पष्ट पार्नुभयो ।

मन्त्रालयको नाममा सुधार गरी ‘युवा, श्रम तथा रोजगार मन्त्रालय’ बनाइएको उल्लेख गर्दै उहाँले कामको भविष्य र युवाको भविष्य एकापसमा जोडिएको बताउनुभयो । मन्त्री यादवले मानिसको सेवा, मर्यादित रोजगारी सृजना र सुरक्षित आप्रवासन सुनिश्चित हुने आधार निर्माणका लागि सबै आइएलओ सदस्य राष्ट्रहरूलाई मिलेर काम गर्न आह्वान गर्नुभयो ।




भर्खरै