७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटको मुख्यद्वारमै खानेपानी छैन



अ+ अ-

जाजरकोट । जिल्ला भित्रिने मुख्य प्रवेशद्वार मानिएको छेडाबजार जिल्लाका सबै ठाउँमा जाने व्यस्त बजार पनि हो ।

जाजरकोट र सुर्खेत जिल्लाको सिमानामा रहेको शिवालय गाउँपालिका –१स्थित दैनिक चहलपलह हुने छेडाबजार छिन्चु –जाजरकोट – डोल्पा सडक खण्डको चर्चित ठाउँ भए पनि यहाँ खानेपानीको अभाब हुँदा स्थानीयवासी वषांैदेखि भेरी नदीको फोहर पानी प्रयोग गर्न बाध्य छन् । जिल्लाको ठूलो व्यापारिक नाका भएर पनि खानेपानीको अभावमा भेरी नदीको भर पर्नुपर्दा स्थानीयवासी हैरान भएको स्थानीय व्यापारी जगत बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“स्थानीय सरकार र प्रदेश सरकारले पनि चासो नदिएकाले अव हामीले सङ्घीय सरकारमा कुरा पुर्याएका छौँ, यो आर्थिक वर्षमा केही समस्या समाधान होला कि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले डिप बोरिङबाट पानी ल्याउनका लागि पहल गर्ने भन्नुभएको छ ।” गाउँ नजिकै खानेपानीको मुहान नहुँदा आफूहरू भेरी नदीको पानी पिउन बाध्य भएको अर्का स्थानीयवासी दुर्गा आचार्यले बताउनुभयो ।

हिउँद याममा भेरी नदीको पानी सफा भए पनि वर्षायाममा धमिलो पानी छानेर पिउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो । पानीकै कारण दैनिक व्यवसाय सञ्चालन गर्न मुस्किल परेको गुनासो गर्दै स्थानीयवासी रामबहादुर सिंहले भन्नुभयो, “यही बाटो भएर जाजरकोट र डोल्पा, रुकुम पश्चिमका अधिकांश नेतादेखि सङ्घ, संस्थाका व्यक्ति हिँड्छन्, उनीहरू पानी सफा भएन भनेर कराउँछन् तर पानी ल्याउने कुरामा कसैले पनि पहल गर्दैनन् ।”

छेडाबजारबाट जुम्ला डोल्पा र पश्चिम रुकुम हुँदै मध्यपहाडी लोकमार्गसम्मका सडक जोडिन्छन् । जाजरकोटबाट भित्रने र बाहिरिने मुख्य सडक नै यही बाटो भएर जान्छ तर खानेपानीको अभाव भएकाले माथिल्लो छेडाका बासिन्दा बसाइँ सरेर अर्को ठाउँमा जान बाध्य भएको उहाँले बताउनुभयो । माथिल्लो छेडामा थोपा सिँचाइबाट आकाशको पानी जम्मा गरेर प्रयोग गर्न ट्याङ्की निर्माणका लागि शुरुका दिनमा केही काम गरिएको थियो तर त्यो पनि अहिले पूरै काम नलाग्ने अवस्थामा पुगेको छ ।

छेडाबजारमा खानेपानीका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले त्यसको व्यवस्थापनका लागि पहल जारी रहेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । सुर्खेत र जाजरकोटका बीचमा रहेको यस ठाउँमा स्थानीयवासीको विवादका कारण समस्या भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका र जाजरकोटको उक्त गाउँपालिकाका बीचमा पर्ने भएकाले दुवै गाउँपालिकाले सो ठाउँ आफ्नो भएको दाबी गदै आएका छन् ।
अहिलेसम्म निर्माण भएका संरचना सबै जाजरकोटले निर्माण गदै आएको थियो । खानेपानीको समस्या भएको थाहा पाउने वित्तिकै खानेपानी कार्यालयलाई तत्काल सम्बोधन गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताउनुभयो । उहाँका अनुसार यो आर्थिक वर्षमा जसरी पनि त्यहाँ पानी पुर्याइने छ ।