२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने



अ+ अ-

काठमाडाैँ । काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने भएको छ ।

मंगलबार बसेको काठमाडौं महानगरपालिका ५० औं नगर कार्यपालिका बैठकले उक्त अधिवेशनको मिति तय गरेको हो । जेठको ३१ गते आईतवार विहान ११ बजे राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाको नगर सभाको १९ औँ अधिवेशनको पहिलो बैठक बस्ने गरी अधिवेशन गर्ने प्रश्ताव उक्त बैठकले पारित गरेका महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘काठमाडौं महानगरपालिका नगरसभाको १९ औँ अधिवेशन आह्वान गर्ने सम्बन्धमा आगामी जेठको ३१ गते आईतवार विहान ११ बजे राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाकमो नगर सभाको १९ औ अधिवेशनको पहिलो बैठक बस्नेगरी अधिवेशन गर्ने प्रश्ताव निर्णयार्थ प्रश्तुत गर्दछु ।’

त्यसैगरी बैठकले नेपाल भाषाको स्थानीय पाठयक्रम, बाल विकास तथा पूर्वप्राथमिक तहको पाठयक्रम पनि स्वीकृत गरेको छ । समसायिमक सुधार तथा परिमार्जन समितिको २०८३ साल जेठ ४ गते र शिक्षा तथा स्वास्थ्य समितिको जेठ २५ को निर्णय अनुसार नेपाल भाषाको स्थानीय भाषा, बाल विकास तथा पूर्वप्राथमिक तहको पाठयक्रम सिफारिस गरिएकाले उक्त पाठयक्रम स्वीकृत गरिएको महानगरपालिकाका शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले बताउनु भयो ।

काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरुको कक्षा ८ सम्म नेपाल भाषाको पठनपाठन हुन्छ । पूर्वप्राथमिक तहमा पनि त्यसलाई लागू गर्नेगरी उक्त पाठ्यक्रम स्वीकृत गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।