काठमाडौं । नेपाल एयरलाइन्स बुधबार थोरै यात्रु भएपछि उडान रद्द गरेको छ । मलेसियाको क्वालालम्पुर-काठमाडौं उडान रद्द गरेको हो।
मलेसियाको स्थानीय समयअनुसार बिहान ६ः१५ बजे उडान तोकिएपनि यात्रु थोरै भएको भन्दै रद्द भएको अधिकारीहरूले जानकारी दिएको यात्रुहरुले बताएका छन्।
एयरलाइन्सले १५६ सिटको एयरबस ए३२० जहाजमा २९ जना मात्रै यात्रु भएपछि एयरलाइन्स त्यहाँको होटलमा राखेको छ। यसका लागि एयरलाइन्सले २९ कोठा बुक गरेको छ।
काउन्टरका अधिकारीहरूले भोलि बिहान उडान हुने जानकारी दिएका छन्।