२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै रगत अपुग, शल्यक्रिया गर्दा समस्या



अ+ अ-

दाङ । दाङ घोराही र तुलसीपुर गरी दुई स्थानमा रक्तसञ्चार केन्द्र सञ्चालनमा छन् । जिल्लामा बढ्दो शहरीकरण, धमाधम स्वास्थ्य संस्था खुल्नु र दुर्घटना बढ्नुले पनि रगतको माग बढेकाले जिल्लामा सधैँजसो रगतको अभाव हुने गरेको छ ।

बिरामीलाई आवश्यक परेको समयमा तुरुन्तै रगत पाउने अवस्था अझै हुनसकेको छैन । रक्तसञ्चार केन्द्र दाङका अनुसार अझै २० प्रतिशत बिरामीले उनीहरुका आफन्तबाटै रगत लिने गर्दछन् । दैनिक १०/१५ युनिट रगत आवश्यक पर्ने जिल्लामा मासिक सरदर ३०० युनिट रगतको आवश्यकतापर्ने रक्तसञ्चार केन्द्रले जानकारी दिएको छ ।

तुलसीपुर र घोराहीका रक्तसञ्चारका लागि गत आर्थिक वर्ष २०७६/७७ मा दुई हजार ९६० जनाले रक्तदान गरेका थिए । तुलसीपुरमा ६४४ युनिट रगत सङ्कलन भएकोमा ६७३ युनिट रगत खपत भएको रक्तसञ्चार केन्द्र तुलसीपुरका नरेश चौधरीले बताउनुभयो । घोराहीमा दुई हजार ३१६ युनिट सङ्कलन भएको र त्यस मध्यमा २२ सय युनिट खपत भएको रक्तसञ्चार केन्द्र घोराहीका प्रमुख दिलीप न्यौपाने बताउनुभयो । घोराहीमा दुई हजार ३१६ युिनटमा एक हजार ८८० युनिट पुरुषबाट र महिलाबाट ४३६ युनिट सङ्कलन भएको उहाँको भनाइ छ ।

त्यसैगरी डाइलोसीस सेवा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शुरु भएको र दैनिक छ/सात युनिट रगत खपत हुने गरेको छ । रक्तसञ्चार केन्द्र तुलसीपुरमा फ्रिज सानो क्षमता भएकाले ६० युनिटभन्दा बढी भण्डार गर्न नमिल्ने भएकाले समस्या रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।

त्यसैगरी दाङमा ८० प्रतिशत बिरामीले रक्तसञ्चार केन्द्रबाट रगत प्राप्त गर्ने गरेका छन् । “जिल्लामा सबैभन्दा बढी ‘बि’ पोजेटिभ समूहको रगतको अभाव हुने गरेको छ ”, केन्द्रका प्रमुख न्यौपानेले भन्नुभयो, “दाङमा सिकलसेलका बिरामी धेरै भएकाले पनि उनीहरुलाई ‘बि’ पोजेटिभ रगत आवश्यक पर्ने भएकाले त्यसको अभाव हुने गरेको हो ।”