२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी



अ+ अ-

काठमाडाैँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली र मधेस प्रदेशलाई सबैभन्दा बढी रकम छुट्याइएको छ ।

विकास सूचकाङ्कमा पछाडि रहेका यी दुई प्रदेशले सङ्घीय अनुदान बढी पाएका हुन् । अन्तर सरकारी वित्तीय हस्तान्तरण (प्रदेश र स्थानीय तह) २०८३/८४ अनुसार आगामी आर्थिक वर्षका लागि रु चार खर्ब २४ अर्ब २७ करोड ७४ लाख विनियोजन भएको छ । जसमध्ये स्थानीय तहलाई रु तीन खर्ब १४ अर्ब ६३ करोड ३९ लाख र स्थानीय तहलाई रु एक खर्ब नौ अर्ब ६५ करोड ३५ लाख बराबर हो ।

सङ्घ सरकारले प्रदेश र स्थानीय तहलाई समानीकरण, ससर्त, विशेष र समपूरक शीर्षकमा यो अनुदान दिएको हो । प्रदेशका लागि विनियोजन भएको अनुदान रकममा सबैभन्दा बढी मधेस प्रदेशलाई रु १७ अर्ब ५९ करोड ८७ लाख विनियोजन भएको छ ।

कर्णाली प्रदेशका लागि रु १७ अर्ब २० करोड ८२ लाख विनियोजन भएको छ । कोशी प्रदेशका लागि रु १६ अर्ब ४७ करोड १० लाख, बागमतीका लागि रु १५ अर्ब २१ करोड ४८ लाख, गण्डकीका लागि रु १२ अर्ब ७२ करोड ८५ लाख, लुम्बिनीका लागि रु १४ अर्ब ४१ करोड ७६ लाख र सुदूरपश्चिमका लागि रु १६ अर्ब एक करोड ४७ लाख विनियोजन भएको छ ।

आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई जाने अन्तर सरकारी वित्तीय हस्तान्तरणको रकममध्ये समानीकरण अनुदान रु ६१ अर्ब ५० करोड ३२ लाख र सशर्त अनुदान रु ३९ अर्ब ७२ करोड ७४ लाख रहेको छ । विशेष अनुदानतर्फ रु तीन अर्ब ८२ करोड ११ लाख र समपूरक अनुदातर्फ रु चार अर्ब ६० करोड १८ लाख विनियोजन भएको छ ।