७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा पनि सामुदायिक नर्स कार्यक्रम



अ+ अ-

सुर्खेत । प्रदेश नं ३ मा विद्यालय नर्स कार्यक्रम प्रभावकारी भएपछि कर्णाली सरकारले पनि सोही मोडलको सामुदायिक नर्स कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयले कर्णालीका स्वास्थ्य संस्थाविहीन समुदाय तथा विद्यालयहरुमा परिचालन हुने गरी नर्सिङ कार्यक्रम ल्याएको हो । मन्त्रालयको स्वास्थ्य महाशाखाले यसका लागि स्टाफ नर्स ५९ र अनमी १४२ गरी २०१ जनालाई परिचालन गर्दैछ ।

महाशाखा प्रमुख वृषबहादुर शाहीले स्वयंसेवक परिचालन कार्यविधिअन्तर्गत सामुदायिक नर्सिङ कार्यक्रम सञ्चालन गरिने बताए । “कर्णालीका थुपै्र वडामा स्वास्थ्य संस्था छैनन्, स्वास्थ्य संस्था नभएका वडालाई केन्द्रित गरेर सम्बन्धित वडा कार्यालयमै रहनेगरी नर्सिङ स्टाफहरु मङ्सिरदेखि परिचालन हुँदैछन्”, उनले भने, “कात्तिक महीनाभित्र छनोट, तालीमलगायत सबै प्रक्रिया पूरा गरिनेछ ।”

महाशाखा प्रमुख शाहीले छनोटका लागि शैक्षिक योग्यता, अनुभव तथा स्थानीयवासीलाई प्राथमिकतामा राखिने बताए । कार्यक्रमका लागि मन्त्रालयले चालू आर्थिक वर्षमा रु छ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारबाट खटिएका नर्सिङ स्टाफले सम्बन्धित वडा कार्यालयको निर्देशनमा आवश्यकताअनुसार समुदायका साथै विद्यालयमा पनि खटिनेछन् ।

सामाजिक विकासमन्त्री दल रावलले यो कार्यक्रमले दुर्गम भेगका समुदायका साथै विद्यालयहरुमा स्वास्थ्य तथा सरसफाइको अवस्थामा सुधार आउने विश्वास व्यक्त गरे। उनले आधारभूत स्वास्थ्य तथा सरसफाइको हिसाबले जोखिममा रहेका समुदायलाई केन्द्रित गरेर नर्सिङ स्टाफ परिचालन हुने बताए । प्रदेश नं ३ सरकारले गत वर्षदेखि शुरु गरेको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बनेपछि कर्णालीले पनि सोही प्रकृतिको सामुदायिक नर्स कार्यक्रम ल्याएको हो ।

कर्णालीले नर्सिङ स्टाफलाई विद्यालयमै सीमित नराखी समुदायमा पनि परिचालन गर्न लागेको हो । कर्णालीमा ७९ स्थानीय तह छन् । स्वास्थ्य संस्था नभएका, संस्थाको पहुँचभन्दा टाढा रहेका समुदायलाई मुख्य प्राथमिकता राखेर नर्सिङ स्टाफ परिचालन गरिने मन्त्रालयको भनाइ छ ।