१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी पर्यटक बागलुङमा



अ+ अ-

बागलुङ । विभिन्न पेशा व्यवसायको सिलसिलामा बागलुङ बजारमा बसोवास गर्दै आएका सर्वसाधारण तिहार मनाउनका लागि गाउँ नै फर्केकाले बुधबार बागलुङ बजार सुनसान जस्तै थियो । बुधबारसमेत सार्वजनिक बिदा भएकाले गत वर्षको जत्तिको सर्वसाधारणको चहलपल पनि बागलुङ बजारमा देखिएन् ।

दिउँसो २ बजे प्रायः सवारीको जाम हुने बागलुङ बजारको मुटु लोकतान्त्रिक चोकमा बुधबार दिउँसो एकाएक जनप्रतिनिधि, कर्मचारी, पत्रकार र सर्वसाधारणको भीड लाग्यो । अमेरिकाबाट झण्डै दुई दर्जन पर्यटक बागलुङ घुम्न आउने खबरले केही दिन पहिलेदेखि नै स्वागतको तयारी थालेका बागलुङेहरु उनीहरुको स्वागतको लागि लोकतान्त्रिक चोकमा जम्मा भएका थिए ।

लामवद्ध भएर बसेका बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री र प्रहरी प्रमुख नवराज भट्टलगायतले ‘भेगन’ समूहका २४ जनालाइ स्वागत गर्नुभयो । संसारभरि नै यो समूह शाकाहारी समूहको रुपमा चिनिन्छ ।

बागलुङ नगरपालिका– १० भकुण्डेमा रहेको अतिथि सत्कार सामुदायिक होमस्टे (घरबास)पुग्ने लक्ष्यका साथ बागलुङ आएका उनीहरुलाई नगरभित्रका अन्य पर्यटकीय क्षेत्रमासमेत घुम्नका लागि प्रेरित गर्न स्वागत गरिएको थियो । उनीहरुले मगर समाज गुठीको देउसीभैलो अवलोकन गरे ।

“बागलुङ नगरमा धेरै विदेशी पर्यटक एकैपटक आएको तथ्याङ्क छैन्”, प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले भन्नुभयो, “अरु प्रयोजनका लागि धेरै आए तर पर्यटककै रुपमा आउने भेगन पहिलो समूह बनेको छ ।” बागलुङ नगरका विभिन्न पर्यटकीय क्षेत्रको विषयमा जानकारी पाएका पर्यटक भकुण्डेको सामुदायिक घरबासमा रमाउनकै लागि बागलुङ आउनु जिल्लाकै लागि सुखद पक्ष भएको नगर प्रमुख जनकराज पौडेल बताउनुहुन्छ ।

एक साता बागलुङमा रहने गरी उनीहरु यहाँ आएको सुवेदीले बताउनुभयो । “हामीसँग घुम्ने ठाउँ धेरै छन्”, सुवेदी भन्नुहुन्छ, “प्रचारप्रसार र पर्यटन प्रबद्र्धनका लागि यो राम्रो अवसर हो ।” समूहले बागलुङ कालिका मन्दिरमा झण्डै डेढ घण्टाको नियमित आरती अवलोकन गरेको छ । “हाम्रो आरती हेर्न विदेशी पर्यटक आउनु सकरात्मक कुरा हो”, बागलुङ कालिका भगवती गुठीका अध्यक्ष तथा पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले भन्नुभयो ।