१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउसीभैलोबाट प्राप्त रकम विद्यालयमा सहयोग



अ+ अ-

बाजुरा । देउसीभैलो खेलेर ४८ हजार नगद चन्दा सङ्कलन गरिएको छ । जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीमा रहेको खातीभिटा आधारभूत विद्यालयले उक्त रकम संकलन गरेको हो । विद्यालयको आयोजनामा यही कात्तिक ८ देखि कात्तिक ११ गतेसम्म सञ्चालन गरिएको देउसी भैलोबाट चन्दा संकलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश खडकाले बताउनुभयो ।

देउसी भैलो गौमुल गाउँपालिका–१ र २ र बडिमालिका नगरपालिका वडा–३ मा खेलिएको हो । संकलित रकम विद्यालयको शैक्षिक गुणस्तर माथि उकास्न र अन्य भौतिक विकासमा खर्च गरिने भएको छ ।
आपसी सद्भाव र भाईचाराको सम्बन्ध स्थापित गर्नुका साथै संस्कृतिको जगेर्ना र मनोरञ्जनका लागि देउसीभैलोको आयोजना गरिएको अध्यक्ष खड्काको भनाई रहेको छ । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति,शिक्षक र अभिभावक लगायतको सहभागिता रहेको थियो ।

यसैबीच सोही वडामा रहेको रजाली युथ क्लव,वडा स्तरीय महिला अधिकार मञ्च,वडा स्तरीय बाल क्लव र चोयाकोट बाल क्लवको आयोजनामा कात्तिक ९ गतेबाट कात्तिक १२ गते सम्म सञ्चालित देउसी भैलो कार्यक्रमबाट २३ हजार ६ सय १० रुपियाँ संकलन भएको छ ।
उक्त संकलित रकमबाट करिब रु १ लाख बराबरको साउण्ड सिष्टम बाल क्लवले खरिद गर्ने लक्ष्य लिएको अध्यक्ष कृष्ण खड्काले बताउनुभयो । उक्त संकलन भएको रकम लक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा रहेको रजाली युथ क्लवको खातामा रकम जम्मा गरिएको छ ।