२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
अ अ+ अ-

भैरहवा।  गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौँ जान लागेका एक भारतीय नागरिकका साथबाट रु सात लाख ९५ हजार भारतीय रकम बरामद गरिएको छ ।

भारतको आन्ध्र प्रदेशस्थित प्रकाशम जिल्लाका ५९ वर्षीय भिमा श्रीनिवास बुद्ध एयरको उडानमार्फत काठमाडौँ प्रस्थान गर्ने क्रममा विमानस्थलको आन्तरिक टर्मिनलमा रहेको हाते सामान जाँच गर्ने एक्सरेबाट परीक्षण गर्दा उक्त रकम फेला परेको हो ।

प्रहरीका अनुसार श्रीनिवासले साथमा बोकेको खैरो रङको हाते झोलाबाट भारतीय रुपैयाँ ५०० दरका एक हजार ५९० थान नोट बरामद भएको हो । बरामद रकमको कुल मूल्य सात लाख ९५ हजार भारतीय रुपैयाँ रहेको छ ।

उक्त रकमसहित श्रीनिवासलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्ति र नगद थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले बताउनुभयो ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कानुनी विषयक अभिमुखीकरण

‘मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कानुनी विषयक अभिमुखीकरण’ कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । मानव बेचबिखनविरुद्धका क्षेत्रमा कार्यरत संस्था माइती नेपाल भैरहवाको आयोजना तथा सक्षम सहारा बहुउद्देश्यीय महिला समूहको समन्वयमा आज यहाँ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा किशोरी र महिला गरी २८ जनाको सहभागिता थियो । माइती नेपाल भैरहवाकी कार्यक्रम संयोजक माया क्षेत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो । मानव बेचबिखनबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा सहभागीलाई प्रशिक्षण दिइएको उहाँको भनाइ छ ।

कार्यक्रम संयोजक क्षेत्रीले बेचबिखन किन र कसरी गरिन्छ, कानुनी व्यवस्था के छन्लगायत विविध विषयमा चेतनामूलक जानकारी प्रस्तुत गर्नुभयो ।

महिला समूहकी अध्यक्ष सचिता अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा समूहका महासचिव लाजिना देवकोटा, शान्ता भण्डारी, तुलसी बस्नेत, मीना सिंह क्षेत्री, खिमकुमारी थापा, कल्पना ज्ञवाली, धरा पन्थी, सिद्धार्थनगर बाल क्लबकी अध्यक्ष तारा बेल्बासेलगायत उपस्थित हुनुहुन्थ्यो । रासस