२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण



अ+ अ-

झापा । कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरी झापाको मेचीनगर नगरपालिका–१ र ४ मा पर्ने बाहुनडाँगी क्षेत्रको निरीक्षण गर्नुभएको छ ।

स्थानीयको गुनासोपछि मन्त्री चौधरी हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न झापा पुग्नुभएको हो ।

दैनिक जसो मकै, सुपारीलगायतका बालीमा क्षति भैरहेको स्थानीयले गुनासो गरेका छ्न्।

हात्ती नियन्त्रण र स्थानीय सुरक्षाका लागि सरोकारवाला सङग समन्वय गर्ने मन्त्री चौधरीले बताउनुभएको छ ।

मन्त्री चौधरीले मानव–हात्ती द्वन्द्व दीर्घकालीन रूपमा समाधान गर्न केन्द्र, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताउँदै पीडित किसानको संरक्षण र क्षतिपूर्ति प्रक्रियालाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभएको छ।