७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीका घ’टनामा बालबालिका



अ+ अ-

सुर्खेत । सुर्खेतमा पछिल्लो समय चोरीका घ टनामा बालबालिकाको संलग्नता बढदै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयकानुसार पछिल्लो डेढमहिनाको अवधिमा ३० भन्दा बढी चोरीका घ टनामा अ धिकांश बालबालिकाको संलग्नता भएको पाइएको हो ।

प्रहरीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साढे तीन महिनामै चोरीका १५ घ टना दर्ता भएकामा २० भन्दा बढी बालबालिका बारम्बार चोरीमा संलग्न भएको देखिएको छ । प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रवि रावलले बालबालिका चोरीका घ टनामा संलग्न हुने क्रम बढेको बताउनुभयो ।

“उमेर नपुगेका २०/२२ बालक चोरीमा संलग्न भएको पाइएको छ,” उहाँले भन्नुभयो, “पक्राउ गर्यो, बालबालिका भएकै कारण अदालतले छाडिदिन्छ, अनि पुनःचोरी शुरु गर्छन् ।” बालबालिकाले ठूला पसलभन्दा स–साना पसल तथा घुम्ती पसल फोडेर चोरी गर्ने गरेका थिए ।

बारम्बार चोरीमा संलग्न बालबालिकाको आचरण सुधारसँगै पुनःस्थापनामा स्थानीय तह र नागरिक समाजले सक्रियता बढाउनुपर्नेमा जोड दिँदै प्रवक्ता रावलले बालबालिका भएकै कारण उन्मुक्ति पाउने अवस्था छ तर ख राब आचरणका त्यस्ता बालबालिकाकालाई सुधार गर्नाको विकल्प छैन् भन्नुभयो ।