३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा

यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक

यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक
अ+ अ-

कर्णाली। सुर्खेत वीरेन्द्रनगरमा यही १९ गतेदेखि जारी १९ वर्ष मुनिका महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज कोशी प्रदेशका टीका शाह र प्रिन्सा रानामगरको अर्धशतकीय पारी मधेसकी सना परविनले छायाँमा पारिदिनुभएको छ ।

प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्न कालुङचोक मैदानमा उत्रिएको मधेसले कोशीलाई पराजित गरी जीतको सुरुआत गर्यो । उक्त खेलको पहिलो जीतमा सना एक्लै हावी हुँदा कोशीको पहिलो हारसँगै टीका र प्रिन्साको अर्धशतकसमेत ओझेलमा पर्यो ।

१६ ओभरको तेस्रो बलमा खेल जित्न जम्मा दुई रन चाहिएको बेला ४८ रनमा खेल्दै गरेकी उहाँले सात चौका प्रहार गर्दै फिनिसरका रूपमा अर्धशतकीय पारीसँगै खेल समापन गर्नुभयो । सनाले नटआउट एक सय छ को स्टाइक रेटमा ४९ बलमा ५२ रनको उत्कृष्ट पारी खेल्दै आफ्नो टोलीलाई जित दिलाउनुभयो ।

अर्को छेउबाट उत्तिकै जिम्मेवारी र संयमतताका साथ सनासँग साझेदारी गर्नुभएकी साक्षी यादवले ४६ रनको स्कोरमा खेल्दै गर्दा सिंगल रन लिएर सनाका लागि अर्धशतकीय पारी खेल्ने मौका जुराउनुभयो ।

एलिशा यादव र शिवानी साह शून्यमै बाहिरिएपछि सनासँग साझेदारी गर्न क्रिजमा उत्रिएकी साक्षीले एक सय १५ को स्ट्राइक रेटमा आठ चौकासहित ४० बलमा ४६ रनको योगदान दिनुभयो । मधेसका दुवै विकेट शुभेक्षा लिम्बूले आफ्नो नाममा लेखाउनुभयो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय २२ रन बनायो । ओपनिङ गर्न आएकी पूर्णिमा राजवंशी खाता नखोलेर फर्किएपछि उहाँसँगै ओपनिङमा आएकी टीका शाहले ५१ रन जोड्नुभयो भने तेस्रो क्रममा ब्याटिङमा आएकी प्रिन्सा राना मगरले नटआउट ५५ रन जोड्दै उत्कृष्ट साझेदारी गर्नुभयो ।

अविजित प्रिन्साले ६८ बलमा नौ चौकासहित प्रतियोगिताको पहिलो अर्धशतकीय पारीको रेकर्ड बनाउँदा टीकाले भने ३६ बलमा ११ चौकासहित दोस्रो अर्धशतक पूरा गर्नुभयो । वीरेन्द्रनगर रङ्गशालामा भएको चौथो खेलमा गण्डकीसँग लुम्बिनी पाँच विकेटले पराजित भयो । टस जितेर गण्डकी विरुद्ध पहिला ब्याटिङ गरेको लुम्बिनीले १८.३ ओभरमा अलआउट हुनुअघि १३ अतिरिक्त रनसहित जम्मा ६३ रन बनाउन सफल भयो ।

लुम्बिनीका लागि अञ्जली पाठकले १३ र योजना थापाले १२ रनबाहेक अरु कुनै ब्याटरले दोहोरो आँकडा छुन सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा गण्डकीका कुशुम गोदार र प्लयेर अफ द म्याच बनेकी रचना चौधरीले आठ–आठ रन खर्चिएर समान तीन–तीन विकेट लिए भने रञ्जना साउदको नाममा दुई विकेट हात पर्यो ।

लुम्बिनीबाट पाएको ६३ रनको झिनो लक्ष्य गण्डकीले १२ दशमलव चार बलमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो । पहिलो खेलमा बागमतीलाई सात विकेटले हराउँदै दुई अङ्क जोडेको गण्डकीका लागि अङ्क तालिकामा दोहोरो अङ्क दिलाउने क्रममा ज्योत्सिनीका मरासिनी र दीपिका सापकोटाले समान १६/१६ रन बनाएर लगातार दोस्रो जित दिलाए । लुम्बिनीका  लागि आशना चौधरी र आयुषा भुसालले समान दुई–दुई र विमिता मगरले एक विकेट हात पारेका थिए ।  सरास