२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र



अ+ अ-

काठमाडौँ। चालु आर्थिक वर्षको हालसम्म देशभर कूल चार सय ९२ किलोमिटर सडक कालोपत्र भएको छ ।

सडक विभागले उपलब्ध गराएको यही जेठ २० गतेसम्मको विवरणअनुसार वार्षिक ८०० किलोमिटर दुई लेन सडक कालोपत्रे गर्नुपर्नेमा ६१ दशमलव पाँच प्रतिशत बराबरको काम सम्पन्न भएको छ । देशभर हालसम्म कूल १९ हजार ४५६ किलोमिटर दुई लेन सडक कालोपत्रे भएको छ ।

वार्षिक रूपमा चार लेन वा चार लेनभन्दा बढी १०९ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिएमा हालसम्म ९२ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ ।

विभागका अनुसार हालसम्म देशभर कूल ५८८ किलोमिटर सडक चार लेन वा सोभन्दा बढीका निर्माण सम्पन्न भएका छन् । रिजिड पेभमेन्टतर्फ ६३ किलोमिटर सडक निर्माण पूरा भएको छ ।

देशभर सडक कालोपत्रे हुने र गरिने समयमा अलकत्रा अभाव हुँदा अपेक्षित लक्ष्य पूरा हुन समस्या पैदा भएको छ । खाडी क्षेत्रमा भएको तनावका कारण अलकत्रा आयातमा समस्या भएको निर्माण व्यवसायीले उल्लेख गरेका छन् ।

ग्रावेलतर्फ कूल १२७ किलोमिटर सडक पूरा भएको छ । माटे सडक ११७ किलोमिटर सम्पन्न भएको विभागले जनाएको छ । वार्षिक लक्ष्यअनुसार १६२ वटा पुल निर्माण गर्नुपर्नेमा ११२ वटा सम्पन्न भएका छन् ।

बेलीब्रिजतर्फ पाँच, राजमार्गको आवधिक मर्मततर्फ ९७ किलोमिटर सम्पन्न भएको छ । राजमार्ग पुनः निर्माण तथा स्तरोन्नतितर्फ ५४ किलोमिटर सम्पन्न भएको छ । रासस