७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस

तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शैक्षिक २०८३/८४ का लागि कक्षा ११ र १२ कोटामा पहिलो मनोनयन सूची (म्याचिङ लिष्ट) बाट तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस गरेको छ ।

कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट भर्नाका लागि सिफारिस गरिएको परीक्षा समितिका संयोजक नमराज ढकालले जानकारी दिनुभयो ।

यसअघि प्रकाशित अन्तिम योग्यताक्रम, विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा साधारण एवं आरक्षण र समूहगत रूपमा तोकिएको सङ्ख्याका आधारमा नाम सिफारिस गरिएको उहाँले बताउनुभयो ।

शुक्रबार बसेको परीक्षा समितिको निर्णयअनुसार मनोनयन सूची प्रकाशन गरिएको छ । मनोनयनमा परेका परीक्षार्थीहरूले महानगरको छात्रवृत्तिसम्बन्धी पोर्टल https://entrance.kathmandu.gov.np/ मा छात्रवृत्ति परीक्षाको रोल नम्बर, जन्म मिति र पासवर्ड (मोबाइल वा इमेलमा प्राप्त) प्रयोग गरेर मनोनयन पत्र प्रिन्ट गर्ने व्यवस्था मिलाइएको छ ।

मनोनय पत्र लिएर जेठ २७ गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नु पर्ने परीक्षा समितिका संयोजक ढकालले जानकारी दिनुभयो ।

प्रकाशित सूचीअनुसार शिक्षामा छ जना, मानविकीमा १२, कानुनमा ५०, व्यवस्थापनमा एक हजार ४०१ र विज्ञानमा दुई हजार २६६ जनाको नाम सिफारिस गरिएको छ ।

यसमा ‘ल्याण्डफिल साइट’ प्रभावित क्षेत्रबाट २८ जना, महानगरभित्रका स्थायीवासीबाट चार सय ९२ जना, सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गर्नेबाट एक हजार ५४५ जना, संस्थागत विद्यालयबाट उत्तीर्ण गर्नेबाट चार सय ८१, अपाङ्गता भएका व्यक्ति तथा अभिभावकमा अपाङ्गता भएका परिवारबाट १३, आदिवासी जनजातिबाट एक सय ७३, खस आर्यबाट एक सय ९७, छात्रा कोटाबाट चार सय ४०, थारुबाट ३९, दलितबाट ९६, पिछडिएको क्षेत्रबाट ४६, मधेशीबाट एक सय ४९, मुस्लिमबाट २२ र सहिद, बेपत्ता पारिएका, जेनजी आन्दोलन, द्वन्द्वपीडित परिवारबाट १४ जना विद्यार्थी छन् ।

यस वर्षका लागि महानगरभित्रका एक सय ४५ वटा शिक्षण संस्थाका लागि चार हजार ८५७ कोटा निर्धारण गरिएको छ ।

पहिलो चरणमा मनोनयन भएका विद्यार्थीहरू तोकिएको मितिभित्र भर्ना नभई रिक्त रहन गएका सिटमा बाँकी रहेका विद्यार्थीको योग्यताक्रम र शिक्षण संस्थाको प्राथमिकताका आधारमा २८ गतेपछि दोस्रो चरणको मनोनयन सूची प्रकाशन हुने जनाइएको छ । रासस