५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन

जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय मानव अधिकार आयोगले गत वर्षको भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा गोली कसले र कहाँबाट चल्यो भन्नेकुरा यकिन गर्न नसकिएको बताएको छ ।

नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै आयोगद्वारा गठित ‘भदौ २३ र २४ गतेको आन्दोलन जाँचबुझ समिति’की संयोजक एवं आयोग सदस्य डा. लिली थापाले गोली कसले हानेको हो, कुन गोली कहाँबाट आएको हो ? भन्ने यकिन गर्न नसकिएको स्पष्ट पार्नुभएको हो । आन्दोलनका क्रममा अत्याधिक बल प्रयोग भएको स्पष्ट पार्नुभयो ।

आयोगले ब्यालेस्टिक र फरेन्सिक रिपोर्टका आधारमा कति मिलिमिटरको गोली प्रयोग भएको थियो भन्ने प्राविधिक तथ्य फेला पारे पनि गोली चलाउने व्यक्तिको पहिचान गर्न भने चुनौती देखिएको जनाएको छ । अनुसन्धानका क्रममा प्राप्त फरेन्सिक रिपोर्टलाई आयोगले आफ्नै विशेषज्ञ डा. हरिहर वस्तीमार्फत विश्लेषण गराएको थियो । उहाँकाअनुसार प्रदर्शनकारीलाई लागेका अधिकांश गोली छाती र पेटभन्दा माथिल्लो भागमा रहेको पाइएको छ ।

उहाँले भन्नुभयो, ‘चुनौती फरेन्सिक रिपोर्टसँग सम्बन्धित थियो । फरेन्सिक रिपोर्ट आएपछि हामीले आफ्नै विज्ञ पनि राख्यौँ । हाम्रो आफ्नै फरेन्सिक विशेषज्ञले त्यसको विश्लेषण गरेर रिपोर्ट तयार गर्नुभयो । डाक्टर हरिहर वस्तीले दिनुभएको रिपोर्टमा अधिकांश गोली छाती र पेटमाथि लागेको उल्लेख छ । तर ती गोली कसले हानेको हो, कुन गोली कहाँबाट आएको हो, एसटीएफबाट आएको हो कि बाहिरबाट आएको हो भन्नेकुरा भने हामीले यकिन गर्न सकेका छैनौँ । त्यो नै एउटा कठिन चुनौती थियो । गोली कसरी आयो भन्ने विषयमा हामीले यति मात्र भन्नसक्छौँ कि अत्यधिक बल प्रयोग भएको छ । हाम्रो अनुसन्धान दुई आधारमा गरिएको थियो । पहिलो, आयोगको म्यान्डेटलाई आधार बनाएर अनुसन्धान गरियो । दोस्रो, २३ गतेको घटनामात्र नभई त्यसपछिका घटनाहरू पनि अध्ययन गरियो । हामीले २५ गतेसम्मका घटनाहरू हेरेका छौँ । २४ र २५ गते धादिङ, बाँके तथा नौबस्तास्थित जेल र बाल सुधार गृहबाट भाग्ने क्रममा लागेका गोलीका घटनाहरू पनि अध्ययन गरी प्रतिवेदनमा समेटिएका छन् । हामीसँग ब्यालेस्टिक रिपोर्ट, फरेन्सिक रिपोर्ट तथा अन्य सम्बन्धित प्रतिवेदनहरू छन् । ती प्रतिवेदनहरूमा कति मिलिमिटरको गोली प्रयोग भएको थियो भन्ने विवरणसमेत उपलब्ध छ । तर कसले गोली हानेको हो भन्ने कुरा भने स्पष्ट हुन सकेको छैन । यद्यपि गोली भित्रबाट हानिएको थियो भन्ने निष्कर्षसम्म भने पुगेका छौँ । एसटीएफ त्यहाँ अग्रपङ्क्तिमा तैनाथ थियो । उनीहरू संसद भवनतर्फको क्षेत्रमा रहेका थिए । तर त्यहाँबाट कसले गोली चलायो भन्ने कुरा स्पष्ट छैन । हाम्रो प्रतिवेदनमा एउटा कुरा भने स्पष्ट रूपमा उल्लेख छ,जथाभावी गोली चलाइएको थियो । कुनै विशेष परिस्थितिमा बल प्रयोग गर्नुपर्ने अवस्था आए पनि घुँडामुनि गोली चलाउनुपर्ने भन्ने सिद्धान्त पालना गरिएको देखिँदैन । यो कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ र तपाईंहरूले पनि त्यो पढिसक्नुभएको छ ।’

विशेष कार्यदल (एसटीएफ) अग्रपङ्क्तिमा तैनाथ रहेको र संसद भवन क्षेत्रबाट गोली चलेको देखिए पनि कुन गोली कसले चलाएको हो भन्ने विषयमा यकिन हुन नसकेको प्रतिवेदनमा उहाँको भनाइ छ । यद्यपि, गोली प्रदर्शनकारीको घेराभित्रैबाट चलेको निष्कर्षमा आयोग पुगेको छ । प्रतिवेदनले सुरक्षा निकायबाट गम्भीर त्रुटी भएको औंल्याएको छ । कुनैपनि विशेष परिस्थितिमा बल प्रयोग गर्नुपर्दा घुँडामुनि गोली चलाउनुपर्ने सुरक्षा संयन्त्रको विश्वव्यापी मान्यता र प्रचलित कानुनको सिद्धान्त पालना नगरिएको आयोगको ठहर छ ।