२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवेगात्मक साक्षरतालाई दैनिक जीवनमा उतारिने



अ+ अ-

काठमाडौँ । असल जीवन र सफल व्यावसायिक यात्राका लागि सं वेगात्मक शिक्षा र आचरणलाई दैनिक जीवनमा उतार्न ‘संवेगात्मक साक्षरतामार्फत विश्व शान्ति’ विषयक नवौँ अन्तर्राष्ट्रिय सम्मेलनले गरेको निचोडलाई कार्यान्वयनमा ल्याइने भएको छ ।

क्रोधरहित संसार संस्था, ग्लोबल पिस फाउन्डेशन नेपाल र समृद्धि कलेजको आयोजनामा सम्पन्न नवौँ सम्मेलनले असल जीवन र सफल व्यावसायिक यात्राका लागि विश्वमा एकापसका अनुभव आदानप्रदान गर्नेलगायत निष्कर्ष निकालेको थियो ।

इक्यु फर पिस वल्र्डवाइड इङ्क, अमेरिका र राष्ट्रिय मनोवैज्ञानिक विज्ञान एसोसिएशन, भारतको सहयोगमा सञ्चालित दुईदिने सम्मेलनले पारित गरेका निष्कर्षहरूलाई आफूहरूले विभिन्न तालीम र कार्यशालाबाट विद्यालय तहमा कार्यान्वयन गर्ने क्रोधरहित संस्थाका अध्यक्ष देशमर्दन बस्नेतले जानकारी दिनुभयो । खुल्ला विश्वविद्यालयका उपकुलपति डा लेखनाथ शर्माले उद्घाटन गरेको सम्मेलनमा नेपालसहित विभिन्न मुलुकका विज्ञहरूले संवेगात्मक शिक्षा, विश्व शान्ति र मनोविज्ञानबारे कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलन गत अक्टोबार २५ र २६ गते काठमाडौँमा आयोजना भएको थियो ।