१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकको मृत्यु भएपछि बौनिया सडकखण्ड अवरुद्ध



अ+ अ-

कैलाली । बसको ठक्करबाट दुई बालकको मृ त्यु भएपछि कारवाहीको माग गर्दै मृतकका आफन्तले पूर्वपश्चिम राजमार्गको बौनिया सडकखण्ड अवरुद्ध पारेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका बौनियामा बिहीबार साँझ बसले ठक्कर दिएका बर्दगोरिया गाउपालिका–१ का आठ वर्षीया अंशु चौधरीको भारतको लखनउ र घोडाघोडी नगरपालिका–८ का १२ वर्षीय लक्ष्मण चौधरीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृ त्यु भएपछि स्थानीयवसीले राजमार्ग अ वरुद्ध पारेका हुन् ।

दुवै बालकको उपचारका क्रममा मृ त्यु भएको हो । उनीहरुलाई महेन्द्रनगरबाट काठमाडौँ गइरहेको ना७ख ६०४६ नंको यात्रुबाहक बसले साँझ ५ बजे बर्दगोरिया गाउपालिका–१ साझाचोकमा ठक्कर दिएको थियो । यात्रुबाहक बसको ठक्करबाट गम्भीर घा इते भएका बालकद्वयलाई बर्दगोरिया अस्पतालले थप उपचारका लागि सिफारिश गरेको थियो । उनीहरुलाई ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालय लम्कीले नि यन्त्रणमा लिएको छ ।

आफन्तले सडक अ वरुद्ध पारेपछि सवारीका साधन सञ्चालन ठप्प भएको छ । सवारी साधन ठप्प भएपछि यात्रुहरु अ लपत्र परेका छन् । इलाका प्रहरी कार्यालय बौनियाका इञ्चार्ज ध्रुव विष्टले मृ तकद्वयका आफन्त वि रोधमा उत्रिएको जानकारी दिनुभयो ।