२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डायलासिस गर्न प्रधानमन्त्री फेरि ग्रान्डी जाने



अ+ अ-

काठमाडौं । ग्रान्डीन्डी इन्टरनेशनल अस्पतालबाट उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको तेस्रो डायलासिस गरिने भएको छ। प्रधानमन्त्री ओलीलाई शनिबार फेरि चिकित्सकले बोलाएका छन् ।

‘शनिबार फलोअपका लागि प्रधानमन्त्रीलाई बोलाइएको छ,’ स्रोतले भन्यो,‘शनिबार उहाँको डायलासिस गर्नुपर्छ। इमर्जेन्सी पर्यो भने जतिबेला पनि गर्न पर्ने हुनसक्छ।’

यसअघि प्रधानमन्त्रीको दुई पटक डायलासिस भइसकेको छ। सातामा तीन पटक प्रधानमन्त्रीले डायलासिस गर्नु पर्ने भएको छ। डायलासिसको विकल्पमा पुनःमिर्गौला प्रत्यारोपणमा समेत जान सकिने स्रोतले बतायो।