८ असार २०८३, सोमबार
,
Latest
काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीका लागि बालुवाटारमै मेडिकल रुम बनाउन चिकित्सककाे सुझाव



अ+ अ-

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा छिटो–छिटो समस्या देखिन थालेपछि उपचारका लागि बालुवाटारमै मेडिकल रुम बनाउने तयारी भएको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै डायलासिससमेत गर्न मिल्ने गरी बालुवाटारमै विशेष प्रकारको मेडिकल रुम बनाउने तयारी भएको हो ।

शुक्रबार बालुवाटारमा भेला भएका चिकित्सकहरूले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हेर्दा निवासमै विशेष उपचार सुविधा आवश्यक देखिएको सुझाब दिएका थिए । ‘प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै पनि बेला गम्भीर समस्या देखिए निवासमा साधारण उपचार गर्न पनि सम्भव छैन । जामलगायत समस्याका कारण तत्कालै अस्पताल लैजान पनि कठिन हुन सक्छ । त्यसैले निवासमै मेडिकल रुम बनाउन सुझाब दिएका छौँ,’ प्रधानमन्त्रीको उपचारमा संलग्नमध्ये एक चिकित्सकले भने । त्यसमा बालुवाटार पनि सहमत रहेको उनले बताए ।

प्रधानमन्त्री निवास, बालुवाटार (फाइल तस्वीर)

ती चिकित्सकका अनुसार डायलासिस गर्ने उपकरण कस्तो राख्ने भन्नेबारे शुक्रबार चिकित्सकहरूको भेलामा छलफल भएको छ । बेलाबेलामा प्रधानमन्त्रीको नियमित डायलासिस गर्नुपर्ने हुन सक्छ । प्रधानमन्त्रीको मुटुमा समेत समस्या भएकाले पनि मेडिकल रुम अनिवार्य भएको ति चिकित्सकले बताए । आइसियूसहितको मेडिकल रुममा विशेषज्ञ डाक्टर र नर्सहरू खटिनेछन् ।

नियमित डायलासिस गर्नुपरे हप्तामा तीनपटक गर्नुपर्ने हुन्छ । त्यतिवेला प्रधानमन्त्रीलाई अस्पताल लाने र ल्याउने गर्नुभन्दा निवासमै डायलासिस गराउनु राम्रो हुने एक चिकित्सकले बताए । तर, तत्काल नियमित डायलासिस गर्नुपर्ने वा नपर्नेबारे नमुना संकलनको सबै रिपोर्ट आएपछि मात्रै थाहा हुने एक निजी चिकित्सकले बताए । उनका अनुसार प्रधानमन्त्रीको शुक्रबारको स्वास्थ्य अवस्था हेर्दा तत्काल नियमित डायलासिस गर्नु नपर्ने देखिन्छ ।

बालुवाटारमै डायलासिस गर्ने भन्ने सत्य होइन
डा कुन्दन अर्याल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार

अस्पतालबाट डिस्चार्ज भएपछि अध्यक्ष प्रचण्डसँग भेटघाट गर्नुबाहेक प्रधानमन्त्री आराम गरिरहनु भएको छ । उहाँ निजी चिकित्सकहरूको अब्जरभेसनमा बस्नुभएको छ । बालुवाटारमै डायलासिस गर्न मेडिकल रुम बनाउने कुरा मलाई थाहा छैन, सत्य हो भन्ने पनि लाग्दैन । अब के गर्ने भन्नेबारे चिकित्सकहरूले अहिलेसम्म कुनै निर्णय गरेका छैनन् । नयाँपत्रिकामा अर्जुन अधिकारी लेख्छन् ।