२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठकले टुंगाे लगायाे उम्मेदवारकाे नाम



अ+ अ-

काठमाडाैंः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को आइतबार साँझ बसेको सचिवालय बैठकले उपचुनावका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेतको उपस्थितिमा बसेको बैठकले उम्मेदवारको नाममा सहमति जुटाएको हो ।


उपचुनावमा प्रतिनिधिसभाको कास्की क्षेत्र नं. २ मा विद्या भट्टराई, प्रदेशसभाको भक्तपुर क्षेत्र नं. १क मा देवी प्रसाद ढकाल, दाङ क्षेत्र नं. ३ ख मा विमला ओली र बागलुङमा राष्ट्रिय जनमोर्चालाई समर्थन निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
भट्टराई पूर्वमन्त्री रवीन्द्र अधिकारीको पत्नी हुन्। अधिकारीको हेलिकप्टर दुर्घटना परी निधन भएको थियो। वली पूर्व प्रदेश सांसद उत्तरकुमार वलीको श्रीमति हुन्। सांसद उत्तरकुमारको मोरटसाइकल दुर्घटनामा परी निधन भएको थियो।

धरान उपमहानगरपालिकामा नेकपाले प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यी नामहरु सम्बन्धित कमिटीबाट यसअघि नै सिफारिस भए पनि निर्णय हुन बाँकी थियो ।