७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व चुहावटको अभियोगमा भारतीय नागरिकमाथि मुद्दा दायर



अ+ अ-

भारत स्थायी ठेगाना भएको रितेश कुमार मधेसिया र निरज अग्रहरीलाई विदेशी विनिमय अपचलन तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । मधेसियालाई रु ३३ करोड ३२ लाख विगो कायम गरी मुद्दा दायर गरिएको हो ।

मुलुकमा जाँदा र आउँदा प्रति व्यक्ति नेपाली रुपैया ५ हजार भन्दा बढी साथमा लैजान वा ल्याउन नपाउने नेपालको कानुन रहेता पनि निजहरुले भारी मात्रामा रकम भएकोे थाहा पाएपछि उनीहरुलाई पक्राउ गरी मुद्दा दायर गरिएको हो । उनीहरुले नेपाली रुपैया १६ करोड ६५ लाख ६९ हजार पाँच सय पैसठी रुपैंया बराबरको भारतबाट ल्याएका थिए ।

उनीहरुले भन्सार छली चोरी पैठारी गरी सो वापत नेपाली रुपैया संकलन गरी विविध प्रकृयाबाट नेपाल आउने विदेशी मुद्रा बराबरको रकम विभिन्न व्यक्तीहरुको खाताहरुमा जम्मा गरी राजस्व चुहावट गरेको पाईएको हो । उनीहरुले प्रयोगमा ल्याएका भारतीय मोटरसाइकलको पनि भन्सार महसुल राजस्व नतिरी बारम्बार नेपाल प्रवेश गरेको पाईएको छ ।