२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परियार प्रदेश प्रमुख हुँदा बाँकेवासीमा खुशीयाली



अ+ अ-

राँझा । बाँकेको कोहलपुर निवासी पुराना कम्युनिष्ट नेता तिलक परियार प्रदेश प्रमुखमा नियुक्त भएपछि बाँकेवासी खुशी भएका छन् । दुई पटक सांसद भएका परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ का प्रदेश प्रमुखमा सोमबार नियुक्त गरेको हो । परियारको स्थायी बसोबास अहिले कोहलपुर नगरपालिका–१२ निबुवामा छ ।

दलित गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य एवं बाँकेका सामाजिक अगुवा डिलबहादुर परियारले यो निर्णय बाँकेवासीका लागि मात्र नभई समग्र देशभरका दलित समुदायका लागि पनि खुशीको विषय भएको बताए । संविधानसभा सदस्य दिनेशचन्द्र यादवले दुई पटक सांसद भइसकेका परियारलाई पार्टीले प्रदेश प्रमुख बनाएर राम्रो काम गरेको बताए।

बाँकेको व्यक्तिलाई प्रदेश प्रमुख बनाउने निर्णयले बाँकेवासीमा खुशीयाली थपेको उनले उल्लेख गरे । “पार्टीले योगदान गरेको व्यक्तित्वलाई सम्झिएर अवसर दिएको छ, कम्युनिष्ट पार्टी बनाउनमा उहाँको ठूलो योगदान रहेको छ”, नेकपा बाँकेका अध्यक्ष एवं प्रदेशसभा सदस्य आइपी खरेलले भने, “उहाँलाई प्रदेश प्रमुख बनाउने निर्णय बाँकेवासीका लागि खुशीको कुरा हो ।”

रोल्पाबाट शुरुमा बाँकेको राप्तीसोनारी गाउँपालिकाको विनौनामा बसाइँ सरेका परियार विसं २०५० पछि कोहलपुर आएका हुन् । उनी बाँकेको कम्युनिष्ट आन्दोलनमा अगुवा नेता मानिन्छन् । तत्कालीन माओवादीका सचिवालय सदस्यसम्म भएका परियार गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले माओवादीलाई अन्तरिम व्यवस्थापिका संसदमा ८३ सिट दिँदा सांसदमा परेका थिए ।

विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नं १ बाट परियार विजयी भएका थिए । तत्कालीन नेकपा माओवादी विभाजन हुँदा शुरुमा मोहन वैद्यको पार्टीमा लाग्नुभएका परियार पछि विप्लव समूह हुँदै माओवादी केन्द्रमै फर्किएका थिए । शिक्षामा स्नातक उत्तीर्ण परियार विगतमा शिक्षकसमेत भएका थिए । भारतमा काम गर्दै पढ्दै गरेका उनी एसएलसी उत्तीर्ण गरेपछि रोल्पा फर्किएका थियो । उनी केही समय रोल्पामा शिक्षक पनि रहे । उनले भूमि सुधार कार्यालयमा खरिदारको कामसमेत गरेका थिए ।