७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव



अ+ अ-

बैतडी । दशरथचन्द नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव भएको छ । ओडा नं १० स्थित ज्ञानेश्वर आधारभूत विद्यालय र शान्ति आधारभूत विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य भएकाले ती विद्यालयका शिक्षकलाई अर्को विद्यालयमा काज सरुवा गरिनाका साथै विद्यालय पनि बन्द गरिएको छ । वडा नं ६ को नगतडीस्थित जगन्नाथ आधारभूत विद्यालयमा पनि आठ विद्यार्थी मात्रै भर्ना भएका छन् । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा तीन शिक्षक कार्यरत छन् ।

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कदै गएकाले यसमा विद्यार्थीको आकर्षण घट्दै गएको शिक्षा क्षेत्रका जानकार बताउँछन् । वडा नं ८ स्थित त्रिपुरा आधारभूत विद्यालयमा १७ विद्यार्थी अध्ययनरत रहेकामा तीन शिक्षक कार्यरत छन् । वडा नं ६ स्थित ईश्वर आधारभूत विद्यालयमा १८ विद्यार्थीका लागि १२ शिक्षक कार्यरत छन् भने मण्डलास्थित जगन्नाथ आधारभूत विद्यालयमा २९ विद्यार्थीका लागि चार शिक्षक कार्यरत छन् ।

उक्त नगरपालिकामा १० भन्दा बढी आधारभूत विद्यालयले विद्यार्थीको अभाव जेल्दै आएको नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले बताउनुभयो । सदरमुकामका कम विद्यार्थी भएका विद्यालयलाई नगरपालिकाले समायोजन गर्ने तयारी गरे पनि कानूनी जटिलताले गर्न सकिने अवस्था नरहेको उहाँको भनाइ थियो । जिल्ला शिक्षा समितिले पनि विद्यालय समायोजनको नीति बनाउन सकेको छैन् । सङ्घीय शिक्षा ऐन नै नआएका कारण अहिले नै समायोजनका विषयमा केही गर्न नसकिने शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी पुष्करराज शर्माले बताउनुभयो ।