२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपानी प्रति योगेशको टिप्पणी- ‘छर्लङ्ग हुनुहोस, ढुक्क रहनुहोस’



अ+ अ-

काठमाडौं। नेकपा एमालेले स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टी जागरण अभियान सुरु गरेको घोषणा गरेको छ ।

जेठ ४ बाट सुरु भएर ८,९ र १० गते भएको केन्द्रीय सचिवालयको बैठकका निर्णयलाई मातहतका कमिटीमा प्रेषित गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) २ जारी गर्दै यो अभियान घोषणा गरेका हुन् ।

यो पनि पढ्नुहोस- एमालेले सुरु गर्यो ‘पार्टी जागरण अभियान’, पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

गणतन्त्र दिवसका दिन हिजो जेठ १५ गतेको मितिमा जारी गरिएको अपानिमा नेताहरुको जिम्मेवारीको विस्तृत खाका उल्लेख गरिएको छ ।

पार्टीका केन्द्रीय सदस्यहरुलाई जनसंगठन इन्चार्ज तथा विभागका प्रमुख तोकिए पनि उनीहरुलाई आफ्नो पालिकाको समेत जिम्मेवारी तोकिएको छ ।

जेठ ४ बाट सुरु भएर ८,९ र १० गते भएको केन्द्रीय सचिवालयको बैठकका निर्णयलाई मातहतका कमिटीमा प्रेषित गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) २ जारी गर्दै यो अभियान घोषणा गरेका हुन् ।

अपानी प्रति उपमहासचिब योगेश भट्टराईले छर्लङ्ग हुनुहोस, ढुक्क रहनुहोस भन्ने प्रतिकात्मक टिप्पणी गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ

हिजो जेठ १५ गते गणतन्त्र दिवसका दिन पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको हस्ताक्षरमा हाम्रो पार्टी नेकपा एमालेको अन्तरपार्टी निर्देशन-२ ( अपानी २) जारी भएको छ । “अपानीमा उल्लेखित विषयहरु आफैमा महत्वपूर्ण छन, त्यसमा पनि गणतन्त्र दिवसका दिन जारी भएकोले यसले ऐतिहासिकता कायम गर्ने नै छ ।” अपानीमा जोड दिईएको छ- “एकता, एकता र अझ उन्नतस्तरको एकता प्रदर्शन गर्नु आवश्यक छ ।”

अझ उन्नतस्तरको एकता प्रदर्शन गर्न केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरिएको छ । “उक्त कार्यविभाजनबाट पार्टीमा व्यापक एकता निर्माण हुने अपेक्षा अपानीमा गरिएको छ ।”सम्पूर्ण पार्टी सदस्यहरूलाई अपानी २ अनिवार्य अध्ययन गर्न अनुरोध गर्दछु ।

“छर्लङ्ग हुनुहोस, ढुक्क रहनुहोस ?“

नेकपा एमाले- जिन्दावाद!