२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनानमा पछिल्लो सात दिनमा १५ बालबालिकाको मृत्यु भएको राष्ट्रसङ्घको दाबी



अ+ अ-

जेनेभा। इजरायल र हेजबुल्लाहबीच युद्धविराम भए पनि लेबनानमा विगत सात दिनमा १५ बालबालिकाको मृत्यु भएका र ६२ जना घाइते भएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बालबालिकामामिला हेर्ने निकाय (युनिसेफ)ले यो तथ्याङ्क आश्चर्यजनक रहेको भन्दै अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार द्वन्द्वमा बालबालिकाको संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।

युनिसेफका प्रवक्ता रिकार्डो पिरेसले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा लेबनानको जनस्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी पछिल्लो एक हप्तामा ७७ जना बालबालिकाको मृत्यु भएको वा घाइते भएको जानकारी दिइएको छ ।

रिपोर्टमा भनिएको छ, “सात दिनमा पन्ध्र बच्चाहरू मारिए र ६२ घाइते भए। यो भनेको हरेक २४ घण्टामा औसत ११ जना बालबालिका द्वन्द्वबाट प्रभावित भएका छन् ।”

रिपोर्टमा अगाडि भनिएको छ, “यी बच्चाहरूमध्ये अधिकांश दक्षिण लेबनानमा हवाई आक्रमणबाट प्रभावित भएका थिए । हिजो मात्रै सात बालबालिकाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए ।”

इजरायल र इरान समर्थित लेबनानी समूह हेजबुल्लाहबीच युद्धविराम अप्रिल १७ देखि लागू हुने भनिएको थियो तर कहिल्यै अवलोकन गरिएको छैन। दुवै पक्षले एक अर्कालाई यसको उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

युद्धविरामको घोषणा भएदेखि अहिलेसम्म ५५ जना बालबालिकाको मृत्यु भएको छ भने २१२ जना घाइते भएका पिरेसले भन्नुभयो ।

पिरेसले सबै पक्षहरूलाई युद्धविरामलाई पूर्ण रूपमा सम्मान गर्न र अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्न आह्वान गर्नुभयो । यसअन्तर्गत ‘बालबालिका र नागरिक पूर्वाधारहरू जहिले पनि सुरक्षित हुनुपर्छ ।”

अमेरिका–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेताको हत्यालाई लिएर लेबनानी स्थानीय सशस्त्र समूह हेजबुल्लाहद्वारा इजरायलमाथि रकेट प्रहार गरेपछि इजरायलले लेबनानमा इजरायल र हेजबुल्लाहबीच भएको युद्धविरामका बीच पनि हालैका दिनहरूमा इजरायलले दक्षिणी तटीय शहर टायरको ठूलो क्षेत्रलाई बारम्बार खाली गर्न चेतावनी जारी गरेको छ र भारी आक्रमण गरेको छ ।, (रासस/एएफपी):