२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थायी लेखा नम्बर लिनेको सङ्ख्या बढ्दै



अ+ अ-

रुपन्देही । रुपन्देहीको बुटवलस्थित आन्तरिक राजस्व कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्या बढ्दै गएको छ ।

अहिलेसम्म कूल ६० हजार ३५२ ले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएको सो कार्यालयले जनाएको छ । उक्त सङ्ख्यामध्ये चालू आर्थिक वर्षको २०७६÷०७७ को कात्तिक १५ गतेसम्म झण्डै सात महिनाको अवधिमा २८ हजार ६८४ ले व्यक्तिगत स्थायी लेखा नम्बर ९प्यान० लिएको आन्तरिक राजस्व कार्यालय, बुटवलका प्रमुख कर अधिकृत अर्जुन ढकालले जानकारी दिनुभयो ।

व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेमा अधिकांश सरकारी कर्मचारी भएको बताइएको छ । विसं २०७६ असार मसान्तसम्म व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्या ३१ हजार ६६८ रहेको छ । “सरकारले यसलाई व्यवस्थापन गर्न खोजेकाले पनि प्यान अनिवार्य भएको छ”, उहाँले भन्नुभयो । त्यस्तै व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

अहिलेसम्म कूल ५२ हजार २३२ ले व्यावसायिक प्रयोजनका लागि स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । उक्त सङ्ख्यामध्ये चालू आव २०७६÷०७७ को कात्तिक १५ गतेसम्म चार हजार ९९२ ले व्यावसायिक प्यान लिएका छन् । विसं २०७६ असार मसान्तसम्म ४७ हजार २४० ले व्यावसायिक प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन् ।

यसैगरी मूल्यअभिवृद्धि कर (भ्याट) मा अहिलेसम्म आठ हजार ६३९ ले दर्ता गराएका छन् भने विसं २०७६ को कात्तिक १५ सम्म एक हजार २७० ले दर्ता गराएका छन् । अहिलेसम्म भ्याटमा दर्ता गराउनेको सङ्ख्या सात हजार ३६९ रहेको छ ।

स्थायी लेखा नम्बर (प्यान) आयकर, मूल्यअभिवृद्धि कर एवं अन्तशुल्कसम्बन्धी सबै कारोवारको लागि प्रयोग हुने बताइएको छ ।