७ पुष २०८२, सोमबार
,
Latest
देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थायी लेखा नम्बर लिनेको सङ्ख्या बढ्दै



अ+ अ-

रुपन्देही । रुपन्देहीको बुटवलस्थित आन्तरिक राजस्व कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्या बढ्दै गएको छ ।

अहिलेसम्म कूल ६० हजार ३५२ ले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएको सो कार्यालयले जनाएको छ । उक्त सङ्ख्यामध्ये चालू आर्थिक वर्षको २०७६÷०७७ को कात्तिक १५ गतेसम्म झण्डै सात महिनाको अवधिमा २८ हजार ६८४ ले व्यक्तिगत स्थायी लेखा नम्बर ९प्यान० लिएको आन्तरिक राजस्व कार्यालय, बुटवलका प्रमुख कर अधिकृत अर्जुन ढकालले जानकारी दिनुभयो ।

व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेमा अधिकांश सरकारी कर्मचारी भएको बताइएको छ । विसं २०७६ असार मसान्तसम्म व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्या ३१ हजार ६६८ रहेको छ । “सरकारले यसलाई व्यवस्थापन गर्न खोजेकाले पनि प्यान अनिवार्य भएको छ”, उहाँले भन्नुभयो । त्यस्तै व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

अहिलेसम्म कूल ५२ हजार २३२ ले व्यावसायिक प्रयोजनका लागि स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । उक्त सङ्ख्यामध्ये चालू आव २०७६÷०७७ को कात्तिक १५ गतेसम्म चार हजार ९९२ ले व्यावसायिक प्यान लिएका छन् । विसं २०७६ असार मसान्तसम्म ४७ हजार २४० ले व्यावसायिक प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन् ।

यसैगरी मूल्यअभिवृद्धि कर (भ्याट) मा अहिलेसम्म आठ हजार ६३९ ले दर्ता गराएका छन् भने विसं २०७६ को कात्तिक १५ सम्म एक हजार २७० ले दर्ता गराएका छन् । अहिलेसम्म भ्याटमा दर्ता गराउनेको सङ्ख्या सात हजार ३६९ रहेको छ ।

स्थायी लेखा नम्बर (प्यान) आयकर, मूल्यअभिवृद्धि कर एवं अन्तशुल्कसम्बन्धी सबै कारोवारको लागि प्रयोग हुने बताइएको छ ।