७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाले एकलौटी गरेको भन्दै महामन्त्री कोइरालाले गरे वैठक बहिष्कार



अ+ अ-

काठमाडौं । पहिलो पटक नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री डां सशांक कोइराला उभिएका छन् । उप-निर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा सभापति देउवाले एक पक्षीय रुपमा उम्मेदवारको नाम अगाडि सारेको भन्दै अ’सन्तुष्टि जनाउदै बैठक ब’हिस्कार गरेका छन्।

देउवा निवास बुढानिलकण्ठमा भएको बैठकमा साझा उम्मेदवार तय गर्नुपर्नेमा देउवाले एकलौटी रुपमा उम्मेदवारको नाम प्रस्ताव गरेर निर्णय गरेपछि माहमन्त्री कोईराला सहित वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलले बैठकस्थलबाट निस्केका हुन् ।

हिजोसम्म कास्कीका लागि नेता धनराज गुरुङको नाम चर्चा चलेपनि छलफलमा कोइराला र पौडेल पक्षले देवराज चालिसेको नाम अगाडि सारेका थिए। तर देउवाले उनको सट्टामा खेमराज पौडेलको नाम सारेका थिए।

अन्य क्षेत्रमा पनि देउवाले सहमतिको उम्मेदवार भन्दा आफ्नो खल्तीको सूची निकाल्न थालेपछि आफूहरू बस्नुको अर्थ नदेखेर निस्केको ती नेताले बताए। उनीहरू बाहिरिएपछि देउवा भने अझै नाम टुङ्ग्याउने तयारीमा रहेका छन्।

उनले पत्रकार सम्मेलन गरेर उप-चुनावमा सहभागी हुने उम्मेदवारहरूको नाम सार्वजनिक गर्ने तयारी गरेका छन्।