८ असार २०८३, सोमबार
,
Latest
मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण रास्वपा महाधिवेशन एक दिन लम्बिने, मनिष झाद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि सार्वजनिक बेथितीविरुद्ध आवाज उठाउने जेनजी युवा खड्का पक्राउ रुकुममा माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

थुनुवालाई सचेतना जगाउन माेरङ प्रहरी सक्रिय



अ+ अ-

विराटनगरः जिल्ला प्रहरी कार्यालय मोरङले हिरासतमा रहेका बन्दीलाई सचेतना गराउने कार्यको शुरुवात गरेको छ । पाँच वटा हिरासत कक्ष रहेको कार्यालयमा महिला र पुरुषका लागि छुट्टाछुट्टै थुनुवा कोठा छन् ।

माेरङका प्रहरी प्रमुख, उपरीक्षक विश्व अधिकारीले विभिन्न अपराधकाे अभियाेगमा पक्राउ परेका व्यक्तिको मनोविज्ञान बुझ्न बेग्लाबेग्लै कक्षमा गइ बन्दीसँग प्रत्यक्ष जानकारी लिनु भएकाे छ । छजना महिलासहित ३४ जना हिरासतमा रहेका थुनुवालाई चाडपर्वको समापनपछि उपरीक्षक अधिकारीले हामीमा ऊर्जाशील सोच छ, यसलाई हामी सबैले सही सदुपयोग गर्नुपर्छ र यसबाट हाम्रो जीवन नकारात्मक भन्दा पनि सकारात्मक काम गर्न बल प्रदान गर्छ भनिरहँदा थुनुवामा रहेका सबै भावविभोर भएका थिए ।

alt
तस्वीर साैजन्यः ब्लास्टखबर डट कम

थुनुवामा रहेकाहरुले यो थलो कुटपिट गर्ने, यातना दिने, मानसिक तनाव दिने स्थान मात्र नभएर पाहुना जस्तै वातावरण रहेको पाइएको उनीहरुको भनाइ थियो । थुनुवामा रहेकाको हौसला प्रदान गर्न र यहाँ पछिको जीवन अपराधमुक्त गर्न प्रहरी उपरीक्षक अधिकारीले पहिलो पटक यो कार्य गरेको पाइएकोले उनीहरु अत्यन्त हर्षित र खुशी देखिएका थिए । मोरङ प्रहरीको हिरासतमा सबैभन्दा बढी अभद्र व्यवहार कार्यमा म्याद थप गरिएका अभियुक्तहरु छन् ।

हिरासतमा १४ जना अभद्र व्यवहार मुद्दाका, लागुऔषधका पाँच जना, बहुविवाहका तीन जना, चोरी ठगिका एक जना, जबरर्जस्ती करणीका दुई जना, विष्फोटक पदार्थका चार जना, बैंकिङ कसुरका एक जना र हातहतियार मुद्दाका एक जना अभियुक्त छन् । रासस